२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन



फाईल फोटो
अ+ अ-

काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा मुकुल ढकालको प्रतिवेदन पेश भएको छ ।

बैठकमा महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बाचन गरेर सुनाएका छन्। प्रतिवेदनमाथि केहिबेरमा छलफल हुने बताईएको छ ।

यसअघि महामन्त्री ढकालले सभापति रवि लामिछानेले प्रस्ताव प्रस्तुत गर्न अनुमति नदिएको बताएका थिए ।यस्तै, बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसेका थिए ।

महामन्त्री ढकालले प्रतिवेदनमा रास्वपा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् । ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ’, प्रतिवेदनमा भनिएको छ ।

c86261a8