२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु



अ+ अ-

काठमाडौं। रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा चारजना गम्भीर घाइते छन् ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं। ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा माडि गाउँपालिका–३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ निवासी वर्ष ७७ का खडक बहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ति, अमृता घर्तिकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका वडा नं २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागी पुर्‍याइएका माडी गाउँपालिका वडा नं ३ दाबाङ निवासी ७० बर्षिय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । तर, ति महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घर्ति गाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा ८ जना बिरामीलाई रिफर गरिएको छ ।

माडि गाउँपालिका वडा नं २ घर्तिगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढा मगर, वर्ष ४२ की बरमालि घर्ति, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढा मगर, परिवर्तन गाउँपालिका वडा नं २ नाफे वर्ष ४५ का दिपक थापा (चालक), गंगादेव गाउँपालिका वडा नं ७ वर्ष ५० का नैन सिंह पुन, माडी गाउँपालिका वडा नं ३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगरलाई थप उपचारकोलागी जिल्ला अस्पतालमा लगिएको छ ।

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।