८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उत्तरको सन्देश, सके मिल, मिल्न नसके सहकार्य गर तर दूरी नबढाउ

उत्तरको सन्देश, सके मिल, मिल्न नसके सहकार्य गर तर दूरी नबढाउ
अ+ अ-

 

काठमाडाैंः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं उत्रिए लगत्तै भेटघाटमा व्यस्त छ । सीपीसीका प्रभावशाली मानिने गुओ यैचौले टोली चार्टर विमानबाट काठमाडौं उत्रँदा सत्तारुढ दल भित्रको किचलो सडकमा छताछुल्ल भै पोखिएको छ । एक महिनाअघि चिनियाँ रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गर्दा सत्तारुढ दलका नेताहरु एकै ठाउँमा थिए, तर यतिबेला दल विभाजन झैं भएर परस्पर गालीगलाैजमा उत्रिएका छन् । र यसकाे असर स्थानीय पार्टी कमिटीसम्मै पुगिसकेकाे छ ।

नेकपा भित्र पटक पटक समस्या देखिँदा नेपालस्थित चिनियाँ राजदुत हाउ यान्छी सक्रिय भए पनि यस पटक भने उनको प्रयास पनि सफल हुन सकेन । पटक पटक चीनले नेकपा विभाजन नहोस् भन्ने सन्देश विभिन्न च्यानलहरु मार्फत शीर्ष नेताहरु समक्ष पुर्याउँदै आएको भएपनि त्यस सन्देशले काम नगरेपछि राष्ट्रपति सी चिङ फिङको विश्वासपात्रका रुपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको टोली काठमाडौं आइपुगेको हो ।

टोलीले आइतबार राजदुत यान्छीसँग दुतावासमा पछिल्लो अवस्थाको बिफ्रिङ लिएपछि साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियाे । राष्ट्रपति बन्नुभन्दा अघि नेकपा एमालेका उपाध्यक्ष समेत रहनु भएकी राष्ट्रपति भण्डारीले पार्टी एकताका लागि विवादकाबीच पनि शीतलनिवासबाट सक्रियता देखाउनु भएको थियो । तर त्यो प्रयासले यस पटक काम गरेन । राष्ट्रपतिलाई भेटेलगत्तै चिनियाँ टोलीले प्रधानमन्त्री केपी ओलीलाई बाालुवाटारमा, नेकपा नेपाल– दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा र अध्यक्ष माधव नेपाललाई बानेश्वरस्थित होटल एभरेष्टमा भेट गरेको छ । टोलीले पूर्व माओवादीका नेता एवं हाल जनता समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको छ ।

नेकपा बाहेकका अन्य नेतासँग चीन नेपाल सम्बन्धका बारेमा कुराकानी भए पनि नेकपाका नेताहरुलाई पार्टी किन विभाजनकाे तहसम्म पुग्यो ? अब फेरि एकता सम्भव छ कि छैन जस्ता विषयमा छलफल भएको स्राेतले जनाएको छ । चीनले विवादलाई अघि नबढाउन सुझाव दिँदै सकेसम्म एकता गर्न, नभए निर्वाचन लगायत विषयमा सहकार्य गरेर अघि बढ्न सुझाव दिएको भेटमा सहभागी एक नेताले बताएका छन् ।

चार दिने नेपाल बसाई पछि चीन फर्के लगत्तै टोलीले चिनियाँ राष्ट्रपतिलाई नेपालको पछिल्लो अवस्थाका बारेमा बिफ्रिङ गर्नेछ । टोली फर्के पछि नेकपा भित्रको कलह, विभाजन र शीर्ष नेताहरुबीचको बैमनस्यताको बाटो केही परिवर्तन हुन सक्ने अनुमान नेताहरूले गरेका छन् ।