२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग ऊर्जा क्षेत्रमा इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई छः इप्पान अध्यक्ष कार्की औद्योगिक क्षेत्रको भाडा विवाद चर्कियो, उद्योगीहरू पुनः अदालत जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले समस्या समाधान गर्नुपर्ने कुराहरुलाई ध्यानमा राखेर कार्यक्रमहरु ल्याउने बताउनु भयो । उहाँले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत् जोड्ने गरी नेतृत्व चयन हुने बताउनु भयो । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसावले भन्दैछु । आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो । हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकतावद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ ।’

महासचिव भुषालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताउनु भयो ।