५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिका र अफगानिस्तान २०२४ को टी–२० विश्वकपअघि सेमिफाइनलमा भिड्नेछन् । अफ्रिका कुनै पनि खेल नहारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्कोतर्फ अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक सेमिफाइनल खेलिरहेको अफगानिस्तानका लागि जित सहज हुनेछैन तर अफ्रिकाको कीर्तिमानले उनीहरुको कठिनाइ घटाएको छ ।

विश्वकपको नकआउटमा दक्षिण अफ्रिकाको कीर्तिमान निकै खराब छ । अफ्रिकाले एकदिवसीय र टी–२० विश्वकपमा अहिलेसम्म १० नकआउट खेल खेलेको छ, जसमा उसले १ खेल मात्र जितेको छ । उसको एक मात्र जित सन् २०१५ को एकदिवसीय विश्वकपमा श्रीलंका विरुद्ध क्वार्टरफाइनल खेल्दा आएको थियो । अफ्रिकाको यो खराब रेकर्ड अफगानिस्तानका लागि राम्रो साबित हुन सक्छ ।

अफ्रिकाले १० मध्ये २ पटक टी–२० विश्वकपको नकआउट खेल खेलेको छ, जसमा दुवै पटक सेमिफाइनलमा पराजित भएको छ । अफ्रिका एकपटक पनि टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन । नकआउटमा खराब रेकर्ड भएका कारण अफ्रिकालाई ‘चोकर्स’ पनि भनिन्छ ।

विश्वकप नकआउटमा दक्षिण अफ्रिकाको प्रदर्शन (ओडीआई र टी–२० विश्वकप सहित)
१९९२ – सिड्नीमा भएको सेमिफाइनलमा इङ्ल्यान्डसँग पराजित

१९९६ – कराँचीमा क्वार्टर फाइनलमा वेस्ट इन्डिजसँग पराजित

१९९९ – बर्मिङ्घममा अस्ट्रेलिया विरुद्धको सेमिफाइनलमा टाई भयो र बाहिरियो

२००७ – सेन्ट लुसियामा सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित

२०११ – मिरपुरमा क्वार्टर फाइनलमा न्यूजील्याण्डसँग पराजित

२०१५ – सिड्नीमा क्वार्टर फाइनलमा श्रीलंका विरुद्ध जित

२०१५ – अकल्याण्डमा सेमिफाइनलमा न्यूजील्याण्डसँग पराजित

२०२३ – कोलकातामा सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित

२००९ – नटिङ्घम (टी–२० विश्वकप) मा पाकिस्तान सेमिफाइनलमा पराजित

२०१४ मिरपुर (टी–२० विश्वकप) मा भएको सेमिफाइनलमा भारतसँग पराजित

यो विश्वकपमा अहिलेसम्म दुवै टोलीको प्रदर्शन कस्तो रह्यो ?
अफगानिस्तानः अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेल जितेको छ । राशिद खानको कप्तानीमा रहेको अफगानिस्तानले समूह चरणका तीन खेल युगान्डा, न्युजिल्यान्ड र पपुवा न्युगिनीविरुद्ध जितेको थियो । समूह चरणमा वेस्ट इन्डिजसँग मात्रै हार बेहोरेको थियो ।

त्यसपछि भारतसँगको खेल हारेर टोलीले सुपर–८ सुरु गरेको थियो । तर यसपछि उसले अष्ट्रेलिया र बंगलादेशविरुद्धको अर्को दुई खेल जित्न सफल भयो ।

दक्षिण अफ्रिकाः दक्षिण अफ्रिका कुनै पनि खेल नहारी सेमिफाइनलमा प्रवेश गरेको छ । टोलीले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपालविरुद्ध समूह चरणका चारवटै खेल जितेको थियो । यसपछि सुपर–८ मा अफ्रिकी टोलीले अमेरिका, इङ्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध तीनवटै खेल जितेको थियो ।