२५ जेष्ठ २०८३, सोमबार
,
Latest
काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा चिलीलाई १–० गोलले हराउँदै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीका रुपमा आएका मार्टिनेजले ८८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको उद्धार गरेका हुन् ।

लियोनल मेसीले कर्नरबाट उपलब्ध गराएको बलमा चिलीका डिफेन्डरबाट रिबाउन्ड आएको बलमा मार्टिनेजले वान टचबाट बललाई जाली चुमाए ।

यसअघि अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको थियो । समूह ए मा अर्जेन्टिनाको २ खेलबाट ६ अंक छ । दोस्रो स्थानको क्यानडाको ३ अंक छ भने चिली १ अंकसहित तेस्रो र पेरु १ अंकसहित चौंथो स्थानमा छन् ।

RSS/AP Photo/Pamela Smith)