१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडाले पेरुलाई पराजित गरेको छ । केहीबेरअघि सम्पन्न खेलमा क्यानडाले पेरुलाई १–० गोलले पराजित गरेको हो ।

क्यानडाको जितमा एकमात्र निर्णायक गोल खेलको ७४ औं मिनेटमा जोनाथन डेभिडले गरे । खेलको ५९ औं मिनेटमा मिग्वेल अराओले रातो कार्ड खाएपछि पेरु १० खेलाडीमा समेटिएको थियो ।

समूह ए मा क्यानडा २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ भने पेरु १ अंकका साथ पुछारमा छ ।