४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता



अ+ अ-

काठमाडौँ । इटाली युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको इटालीले समूह उपविजेता बन्दै नकआउट चरणको टिकट काटेको हो ।

खेलको ५५ औं मिनेटमा लुका मड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा अन्तिम क्षणमा माटिया जाकाग्नीले गोल गर्दै इटालीलाई नकआउटमा पुर्याए ।

यस समूह ए बाट स्पेन समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनको ३ खेलमा ३ जितका साथ ९ अंक छ । इटालीको ३ खेलबाट ४ अंक छ । क्रोएसियाको २ तथा पुछारमा रहेको अल्बानियाको १ अंक छ ।

यसै समूहको अर्को खेलमा स्पेनले अल्बानियालाई १–० गोलले हरायो । खेलको १३ औं मिनेटमा फेरान टोरेसले गरेको गोल नै स्पेनको जितको निर्णायक गोल बन्यो ।