८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो

अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो
अ+ अ-

काठमाडौँ । भारतले एकदिवसीय विश्वकप २०२३ को फाइनलमा हारको बदला लिएको छ ।

टी–२० विश्वकप २०२४ को सुपर ८ अन्तर्गतको खेलमा वेस्ट इन्डिजको सेन्ट लुसिया रंगशालामा पहिले ब्याटिङ गरेको भारतले २०५ रन बनाएको थियो । यसपछि अस्ट्रेलिया १८१ रनमै सीमित भयो । अष्ट्रेलियालाई भारतले २४ रनले हरायो ।

कप्तान रोहित शर्माको बलियो ब्याटिङले भारतको जितको जग बसाएको थियो । रोहितले २२४ को स्ट्राइक रेटमा ९२ रन बनाए । ८ छक्का, ७ चौका प्रहार गरे । कुनै बेला उनको स्ट्राइक रेट ३ सय नाघेको थियो । रोहितले १९ बलमा ५० रन बनाएर यस विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए ।

उनी सबैभन्दा छिटो शतक बनाउन चुके । तर रोहित क्रिजमा रहेसम्म रोकिएनन् । उनको इनिङ्सका कारण टोलीको स्कोर २ सय नाघ्यो र अष्ट्रेलियामा मनोवैज्ञानिक दबाब थियो ।

अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै अब अष्ट्रेलियाको सेमिफाइनल पुग्ने बाटो कठिन भएको छ । अब अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।

डारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको शानदार इनिङ्सको मद्दतले २० ओभरमा पाँच विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १८१ रन बनायो ।

भारतले सुपर आठ चरणका तीनवटै खेल जितेर ६ अंकसहित समूह एकको शीर्ष स्थानमा छ । तीन खेलमा दुई हार र एक जितसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । अफगानिस्तानले दुई खेलमा एक जित र एक हारमा दुई अंक जोडेको छ र तेस्रो स्थानमा छ ।

२०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोलीलाई पहिलो झट्का ६ रनको स्कोरमा लाग्यो । अर्शदीप सिंहले डेभिड वार्नरलाई पहिलो ओभरमा कुलदीपको हातमा क्याच आउट गराए । यसपछि मिचेल मार्स र ट्राभिस हेडले जिम्मेवारी सम्हालेका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी भयो ।

नवौं ओभरमा कुलदीपले क्याप्टेन मार्शलाई अक्षर पटेलको हातमा कैच आउट गराए। उनी २८ बलमा ३७ रन बनाएर फर्किए । यसपछि ग्लेन म्याक्सवेल चौथो नम्बरमा ब्याटिङमा आए । तर, उनी लामो समय विकेटमा टिक्न सकेनन् ।

उनलाई कुलदीपले बोल्ड गरेका थिए । उनले २० रन बनाए । यस खेलमा मार्कस स्टोइनिसले दुई रन मात्र बनाउन सके ।

ट्राभिस हेडले ७३ रन बनाउन सके । उनले भारतीय बलरलाई समस्यामा पार्दै ४३ बलमा ७६ रन बनाए । ओपनिङ ब्याट्सम्यानले २४ बलमा आफ्नो अर्धशतक पूरा गरे । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले स्कटल्याण्डविरुद्ध ६८ रनको विस्फोटक इनिङ खेलेका थिए । १७ औं ओभरमा रोहित शर्माको हातमा बुमराहले हेडलाई क्याच आउट गरेका थिए ।

उनले १७६.७४ को स्ट्राइक रेटमा नौ चौका र चार छक्का प्रहार गरे । यस खेलमा टिम डेभिडले १५ रन, म्याथ्यु वेडले एक रन, प्याट कमिन्सले ११ रन र मिचेल स्टार्कले चार रन बनाए । कमिन्स र स्टार्क अविजित रहे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिए । यसबाहेक बुमराह र अक्षर पटेलले एक–एक सफलता हात पारे ।

यो खेलमा भारतले बलियो ब्याटिङ गर्दै अस्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको थियो । यो विश्वकपमा भारतले २०० रन बनाएको यो पहिलो पटक हो । यो टी–२० विश्वकपमा भारतको तेस्रो उच्च स्कोर हो । यसअघि सन् २००७ मा भारतले इंग्ल्याण्डविरुद्ध २० ओभरमा चार विकेट गुमाएर २१८ रन बनाएको थियो ।

त्यस्तै, चालू प्रतियोगितामा भारतले बंगलादेशविरुद्ध २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । यो खेल भारतले जितेको थियो । यो खेलमा भारतीय ब्याट्सम्यानले जम्मा १५ छक्का प्रहार गरेका थिए । हालको प्रतियोगितामा भारतले यो खेलमा सर्वाधिक छक्का प्रहार गरेको छ । यसअघि बंगलादेशविरुद्ध भारतीय ब्याट्सम्यानले १३ छक्का प्रहार गरेका थिए ।

अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे र जोस हेजलवुडले विराट कोहलीलाई खाता नखोल्दै आउट गरेर कप्तानको निर्णय सही साबित गरे । तर, रोहित खेलमा अर्कै रंगमा देखिए र उनले आँधीबेहरी ब्याटिङ गर्दै कंगारु टोलीका बलरलाई प्रहार गरे । यस अवधिमा रोहितले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

रोहितले स्टार्कको ओभरमा २९ रन बनाएर बलियो ब्याटिङ जारी राखे । रोहित एक समय शतकतर्फ अघि बढिरहेका थिए तर स्टार्कले उनको इनिङ्स समाप्त गरे । रोहितले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । रोहित टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

रोहित आउट भएपछि भारतीय इनिङ्स केही सुस्त भए पनि ऋषभ पन्त (१५), सूर्यकुमार यादव (३१), शिवम दुबे (२८) र हार्दिक पाण्ड्या (२७ अविजित)ले केही राम्रा प्रहार गर्दै टोलीको स्कोर २०० भन्दा माथि पुर्याए । योसँगै विराट कोहली फेरि एकपटक असफल रहे र प्रतियोगितामा दोस्रो पटक खाता नखोली बाहिरिए । अस्ट्रेलियाका लागि स्टार्क र स्टोइनिसले समान २–२ विकेट लिए । योसँगै जोस हेजलवुडले सफलता हात पारे ।