९ मंसिर २०८१, आईतवार
,
Latest
मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्धित जोस बटलर १५ करोड ७५ लाखमा गुजरातमा अनुबन्धित श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा पञ्जावले किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप २०२४ मा तेस्रो ह्याट्रिक, जोर्डन एकै ओभरमा चार विकेट लिने दोस्रो बलर



अ+ अ-

एजेन्सी । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै शीर्ष ४ मा पुगेको हो ।

जारी विश्वकपमा सेमिफाइनलमा स्थान बनाउने इंग्ल्यान्ड पहिलो टोली बनेको छ । ब्रिजटाउनमा इंग्ल्यान्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा नै जित हात पारेको थियो ।

खेलमा इंग्ल्यान्डका बलर क्रिस जोर्डनले ह्याट्रिक गरेका थिए । यो जारी विश्वकपको तेस्रो ह्याट्रिक हो । यसअघि सन् २०२१ को टी–२० विश्वकपमा तीन ह्याट्रिक भएको थियो । जोर्डनले १९ औं ओभरको ५ बलमा ४ विकेट लिए ।

यसअघि प्याट कमिन्सले बंगलादेश र अफगानिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए । जोर्डन जारी टी–२० विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

यस्तै, उनी टी–२० विश्वकपको एक ओभरमा ४ विकेट लिने दोस्रो बलर बनेका छन् । उनले आयरल्यान्डका कर्टिस क्याम्फरको ४ विकेटको कीर्तिमानलाई पछि पारेका छन् । उनले २०२१ को विश्वकपमा एक ओभरमा ४ विकेट लिएका थिए ।