४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज एकै समयमा समूह ‘ए’ का दुई खेल हुँदै



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । समूह ए का दुई खेल एकै समयमा हुनेछन् । खेल मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

आयोजक जर्मनीले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जर्मनी नकआउट चरणमा प्रवेश गरिसकेको छ । स्वीट्जरल्यान्ड पनि नकआउट चरणमा पुग्ने बलियो सम्भावना छ ।

यस्तै, आज राति नै स्कटल्यान्ड र हँगेरीबीच खेल हुँदैछ । हँगेरीको नकआउट चरणको सम्भावना सकिसकेको छ भने स्कटल्यान्डको झिनो आशा छ ।

जर्मनीले स्वीट्जरल्यान्डमाथि जित निकालेमा र स्कटल्यान्डले हँगेरीमाथि ६–० गोलले जितेमात्रै स्कटल्यान्ड नकआउट चरणमा प्रवेश गर्नेछ ।