८ श्रावण २०८३, शुक्रबार
,
Latest
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याट कमिन्सले रचे इतिहास



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले टी–२० विश्वकपमा नयाँ इतिहास रचेका छन् । उनी लगातार दुई खेलमा दुई पटक ह्याट्रिक गर्ने विश्वकै पहिलो बलर बनेका छन् ।

कमिन्सले जारी टी–२० विश्वकप २०२४ को सुपर ८ खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए । यसअघि उनले यो उपलब्धि बंगलादेशविरुद्ध लिएका थिए ।

प्याट कमिन्सले १८ औं ओभरको छैटौं बलमा अफगानिस्तानका कप्तान राशिद खानलाई आउट गर्दै पहिलो सफलता दिलाए । २० औं ओभरको पहिलो बलमा करिम जनात (१३) आउट भए । त्यसपछिको बलमा गुलबदिन नाइब (०) लाई ग्लेन म्याक्सवेलले क्याच आउट गरेपछि कमिन्सले ह्याट्रिक पूरा गरे ।

उनले चार बलमा चार विकेट लिन सक्ने अवस्था थियो तर अर्को बलमा डेभिड वार्नरले क्याच छोडे ।