८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अफगानिस्तानले अष्ट्रेलियालाई हरायो

अफगानिस्तानले अष्ट्रेलियालाई हरायो
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथि २१ रनको ऐतिहासिक जित निकालेको हो । १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रनमा अलआउट भयो ।

उसका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा अन्य ब्याट्सम्यान फ्लप सावित भए । मिचेल मार्सले १२, मार्कुस स्टोइनिसले ११, आडम जाम्पाले ९, माथ्यु वेड र जोस हेजलवुडले ५–५, प्याट कमिन्स र डेभिड वार्नरले ३–३ रनमात्रै बनाए ।

अफगानिस्तानलाई जित दिलाउन गुलबादिन नइबले ४ तथा नवीन उल हकले ३ विकेट लिए । यस्तै, अजमातुल्लाह ओमारजाई, मोहम्मब नाबी र रासिद खानले १–१ सफलता हात पारे ।

त्यसअघि सेन्ट भिन्सेन्टको आर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोड्यो ।

उसका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाजले ४९ बलमा ६० तथा इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, करिम जनतले १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिकसहित ३ विकेट लिए । उनले १९ औं ओभरमा ह्याट्रिक लिएका हुन् । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि बंगलादेशसँगको खेलमा पनि कमिन्सले ह्याट्रिक लिएका थिए ।

यस्तै, आडम जाम्पाले २ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए ।

जितसँगै ग्रुप १ को अंकतालिका रोमाञ्चक बनेको छ । २ खेलबाट भारत ४ अंकसहित शीर्षस्थानमा छ भने अष्ट्रेलिया २ अंकसहित दोस्रो र अफगानिस्तान २ अंकसहित तेस्रो स्थानमा छ । अंकविहिन बंगलादेश पुछारमा छ ।