८ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश



अ+ अ-

काठमाडौँ । पोर्चुगल युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो ।

पोर्चुगललाई सहज जित दिलाउन बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल गरे । एक गोल भने पोर्चुगलले उपहारस्वरुप पायो । टर्कीका सामेत अकाइदिनले आत्मघाती गोल गरेका थिए ।

समूह एफ मा पोर्चुगल लगातार दुई जितसहित ६ अंकका साथ शीर्षस्थानमा छ । टर्की ३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, यसै समूहका जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् । दुबै टोलीको २ खेलबाट १–१ अंक छ ।