३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२४ को ४६ औं खेल अमेरिका र वेस्ट इन्डिज बिच भएको छ । टस हारेर पहिले ब्याटिङ गर्न आएको अमेरिकाले १९.५ ओभरमा १० विकेट गुमाएर १२८ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले शाई होपको अविजित ८२ रनको इनिङ्सको मद्दतले १०.५ ओभरमा एक विकेट गुमाएर १३० रन बनायो र खेल नौ विकेटले जित्यो ।

जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । अब वेस्ट इन्डिजले तेस्रो खेल जुन २४ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । पछिल्लो खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डसँग लज्जास्पद हार बेहोरेको थियो । योसँगै अमेरिकालाई सेमिफाइनल पुग्न कठिन भएको छ ।

१२९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले उत्कृष्ट सुरुवात गरेको थियो । शाई होप र जोन्सन चार्ल्सबीच पहिलो विकेटका लागि ६७ रनको साझेदारी भयो । सातौं ओभरको अन्तिम बलमा हरमित सिंहले चार्ल्सलाई मिलिन्द कुमारको हातमा क्याच आउट गरेका थिए । उनले १५ रन मात्रै बनाउन सके । यसपछि निकोलस पुरान आए ।

टोलीलाई जित दिलाउन उनले ओपनिङ ब्याट्सम्यानको भूमिका निर्वाह गरे । यी दुईबीच ६३ रनको अविजित साझेदारी थियो । पुरनले १२ बलमा एक चौका र तीन छक्काको मद्दतले २७ रन बनाए । जबकि, होपले तुफानी प्रदर्शन गरे । उनले चार चौका र आठ छक्काको मद्दतले ८२ रन बनाए । यस अवधिमा उनको स्ट्राइक रेट २१०.२५ थियो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाको इनिङ्स १९.५ ओभरमा १२८ रनमा समेटिएको थियो । अमेरिकाका लागि एन्ड्रिज गोउसले सर्वाधिक २९ रन बनाए । त्यस्तै वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ३ विकेट लिए भने आन्द्रे रसेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।

अमेरिकाको सुरुवात खराब थियो । स्टिभन टेलर दुई रन बनाएर आउट भए । यसपछि गोउसले नितिश कुमारसँग ४८ रनको साझेदारी गरे । यो साझेदारी गुदाकेश मोतीले तोडेका थिए । उनले नितिशलाई एलबीडब्लू गरे । नितिशले १९ बलमा २० रन बनाउन सके ।

रनरेट बढाउने प्रयासमा गोउस पनि अल्जारी जोसेफको शिकार बने । उनी १६ बलमा तीन चौका र एक छक्काको मद्दतले २९ रन बनाएर आउट भए । कप्तान आरोन जोन्स (११), कोरी एन्डरसन (७) र हरमित सिंह (०) लाई रोस्टन चेजले प्याभिलियन पठाए । चेजले १४ औं ओभरमा लगातार दुई बलमा एन्डरसन र हरमितलाई आउट गरेका थिए । मिलिन्द कुमार १९ रन बनाएर आउट भए भने शाडली भन १८ रन बनाएर आउट भए ।

केन्जिगेले एक रन बनाए भने सौरभ नेत्रवलकर खाता नखोलेर प्याभिलियन फर्किए । अली खानले ६ बलमा १४ रन बनाएर अविजित रहे ।