८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए

प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए
अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर ८ मा अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको छ । प्याट कमिन्स यस विश्वकपमा पहिलो पटक मैदानमा आएर आएसँगै ह्याट्रिक लिएर इतिहास रचे ।

कमिन्सले दुई फरक ओभरमा यी ३ विकेट लिए, तर टी–२० विश्वकपमा ह्याट्रिक लिने उनी पहिलो बलर भने होइनन् । यसै सन्दर्भमा टी–२० विश्वकपमा ह्याट्रिक लिने बलरहरुबारे जानकारी लिऔं ।

ब्रेट ली – ब्रेट ली टी–२० विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने पहिलो बलर थिए । सन् २००७ को विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनले लगातार ३ ब्याट्सम्यानलाई आउट गरेका थिए । उनले सकिब अल हसन, मशरफे मोर्तजा र आलोक कपालीको विकेट लिए । यो खेल अस्ट्रेलियाले ९ विकेटले जितेको थियो ।

कर्टिस क्याम्पर – आयरल्यान्डका कर्टिस क्याम्परले २०२१ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा लगातार तीन होइन चार विकेट लिएका थिए । उनले कोलिन एकरम्यान, रायन टेन ड्युच, स्कट एडवर्ड्स र अन्तमा रोइलोफ भ्यान डर मर्वेलाई आउट गरे । हालसम्म उनी टी–२० विश्वकप इतिहासमा लगातार ४ विकेट लिने एकमात्र बलर हुन् । यो खेल आयरल्यान्डले ७ विकेटले जितेको थियो ।

वानिन्दु हसरंगा – दक्षिण अफ्रिकाका एडेन मार्कराम, टेम्बा बाभुमा र ड्वेन प्रिटोरियसलाई लगातार तीन बलमा प्याभिलियन पठाएर २०२१ को विश्वकपमा ह्याट्रिक गर्ने वानिन्दु हसरङ्गा दोस्रो बलर बने । हसरंगाको ह्याट्रिकको बावजुद श्रीलंकाले खेल ४ विकेटले गुमाएको थियो ।

कागिसो रबाडा – कागिसो रबाडाले २०२१ को विश्वकपमा तेस्रो ह्याट्रिक गरे । उनले इंग्ल्याण्डविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । रबाडाको घातक बलिङका अगाडि क्रिस वोक्स, इयोन मोर्गन र क्रिस जोर्डनले लगातार तीन बलमा आफ्नो विकेट गुमाए । रबाडाको टोली दक्षिण अफ्रिकाले यो खेल १० रनले जितेको थियो ।

कार्तिक मयप्पन – युएईका लेग स्पिनर कार्तिक मयप्पनले २०२२ को विश्वकपमा श्रीलंका विरुद्धको खेलमा ह्याट्रिक लिए । उनले भानुका राजापाक्षे, चरित असालान्का र दासुन शनाकालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । यस ह्याट्रिकका बाबजुद उनले श्रीलंकालाई ७९ रनले जित्नबाट रोक्न सकेनन् ।

जोशुआ लिटिल – २०२४ भन्दा पहिले, आयरल्याण्ड एक मात्र टोली थियो जसका दुई खेलाडीले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए । २०२१ मा, जोशुआ लिटलले अर्को वर्ष कर्टिस क्याम्पर अघि आयरल्याण्डका लागि यो उपलब्धि गरे । सन् २०२२ मा उनले न्यूजिल्याण्डका केन विलियम्सन, जेम्स निशम र मिचेल सान्टनरलाई आउट गरेर ह्याट्रिक पूरा गरे । तर, आयरल्यान्डले खेल ३५ रनले हार्यो ।

प्याट कमिन्स – प्याट कमिन्स टी–२० विश्वकप इतिहासमा अस्ट्रेलियाका लागि ह्याट्रिक गर्ने दोस्रो बलर हुन् । बंगलादेशविरुद्धको खेलमा उनले महमुदुल्लाह, मेहदी हसन र तोहिड हृदोइलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । अष्ट्रेलियाले डकवर्थ लुइस नियमको प्रयोग गरेर यो खेल २८ रनले जितेको थियो ।