४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज तीन खेल



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत आज शुक्रबार समूह चरणका तीन खेलहरु हुँदैछन् ।

पहिलो खेल स्लोभाकिया र युक्रेनबीच हुनेछ । यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा पराजय बेहोरेको युक्रेनका लागि आजको खेल महत्वपूर्ण रहेको छ । यता, पहिलो खेलमा जित निकालेको स्लोभाकिया लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्न चाहन्छ ।

यस्तै आज राति पोल्यान्ड र अष्ट्रियाबीच भिडन्त हुँदैछ । यो खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूह डी मा रहेका दुबै टोली यसअघिका खेलमा पराजित भएका थिए । त्यसकारण दुबै टोलीलाई आजको खेलमा जित निकाल्नु निकै महत्वपूर्ण रहेको छ ।

यस्तै आज मध्यरातमा समूह डी कै दुई टोली फ्रान्स र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टोलीले पहिलो खेलमा जित निकालेका थिए । आजको खेल जितेर दुबै टिम नकआउट चरणमा प्रवेश गर्न चाहन्छन् । यसअघि अष्ट्रियासँगको खेलमा घाइते भएका फ्रेन्च स्टार किलियन एमबाप्पे आजको खेलमा उपलब्ध हुने सम्भावना छ ।