२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको चौथो सुपर ८ खेलमा बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो ।

खेलमा अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक विकेट लिए । कमिन्स टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने विश्वका सातौं बलर बनेका छन् । कमिन्स यो उपलब्धि हासिल गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी हुन्, यसअघि ब्रेट लीले २००७ को विश्वकपमा यो उपलब्धि हासिल गरेका थिए ।

बंगलादेशका लागि नाजमुल हुसेन सान्तोले ४१, तोहिड हृदोइले ४०, लिटन दासले १६, ताक्सिन अहमदले अविजित १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि कमिन्सले ३, आडम जाम्पाले २ तथा मिचेल स्टार्क। मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।