• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात



काठमाडौँ । आजदेखि सुरु भएको कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन युलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । खेलको ४९ औं मिनेटमा अल्भारेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । ८८ औं मिनेटमा मार्टिनेजले गोल थपे ।

अमेरिकामा नेपाली समयानुसार अजदेखि सुरु भएको प्रतियोगितामा ४ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।