१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ८ मा भारतद्वारा अफगानिस्तानमाथि एकतर्फी जित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा अफगानिस्तानविरुद्धको पहिलो खेलमा भारतले एकतर्फी जित हात पारेको छ ।

ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ रोजेका थिए । उनी पावरप्लेमा आउट भएका थिए । विराट कोहली पनि २४ रन बनाएर प्याभिलियन फर्किए । ऋषभ पन्तले ११ बलमा २० रन बनाए ।

११ औं ओभरमा टोलीको स्कोर ४ विकेटको क्षतिमा ९० रन थियो । तर सूर्यकुमारले १९० को स्ट्राइक रेटमा अर्धशतक प्रहार गरे । हार्दिक पाण्ड्याले ३२ रन बनाएर टोलीलाई १८१ रनमा पुर्याए ।

राशिद खानले विराट कोहली, ऋषभ पन्त र शिवम दुबेलाई कम स्कोरमा आउट गरेका थिए । फजल हक फारुकीले पावरप्लेमा रोहित शर्मा र त्यसपछि सूर्या, जडेजाको विकेट लिए । तर यी दुई बलर बाहेक अन्य कुनै बलरले भारतीय ब्याट्सम्यानलाई दबाब दिन सकेनन् ।

अफगानिस्तानको पावरप्लेमा नै ३ विकेट खसेका थिए । जसप्रित बुमराहले ४ ओभरमा ७ रन दिएर ३ विकेट लिए । अफगानिस्तान १३४ रनमा अलआउट भयो । योसँगै भारतले सेमिफाइनलमा आफ्नो दाबी बलियो बनाएको छ ।

१८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गरेका थिए । अर्शदीप स्विङ बलिङ गरिरहेका थिए । गुरबाजले स्विङ तोडेर अगाडि बढेर चौका र छक्का प्रहार गरे । त्यसपछि थर्ड म्यानमा उभिएका बुमराहले गुरबाजको यो रणनीति हेरिरहेका थिए । अर्को ओभर बुमराहले गरे ।

गुरबाजलाई कसरी रोक्ने भन्ने उनलाई थाहा थियो । पहिलो लेन्थ बल भयो, जुन गुरबाजले कभरमा खेले, तर कुनै रन बनेन । अर्को बलमा बुमराहले वाइड लाइनमा सर्ट अफ लेन्थ बल दिए । त्यसपछि गुरबाज अगाडि बढे, तर बलको लाइन र लम्बाइ कभर गर्न सकेनन् ।

बल ब्याटको बाहिरी किनारा लिएर पन्तको ग्लोभ्समा गयो । १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका लागि गुरबाजको विकेटको पतन सबैभन्दा ठूलो धक्का थियो ।

ठूलो स्कोर पछ्याउने क्रममा अफगानिस्तानका शीर्ष क्रमका ब्याट्सम्यानहरु तितरबितर भएका थिए । रहमानउल्लाह गुरबाज (११ रन), हजरतुल्लाह जाजाई (२ रन), इब्राहिम जद्रान (८ रन) र गलबादिन नइबले १७ रनको योगदान दिए । सर्वाधिक स्कोरर अजमातुल्लाह ओमरजाईले २६ रन बनाए । ८ ब्याट्सम्यानले १५ रन पनि पार गर्न सकेनन् । पूरै ब्याटिङ तितरबितर भयो । साझेदारी निर्माणमा ध्यान दिएनन् । जसका कारण खेलमा अफगानिस्तानले भारतलाई कतै पनि उछिन्न सकेन ।