२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ८ मा भारतद्वारा अफगानिस्तानमाथि एकतर्फी जित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा अफगानिस्तानविरुद्धको पहिलो खेलमा भारतले एकतर्फी जित हात पारेको छ ।

ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ रोजेका थिए । उनी पावरप्लेमा आउट भएका थिए । विराट कोहली पनि २४ रन बनाएर प्याभिलियन फर्किए । ऋषभ पन्तले ११ बलमा २० रन बनाए ।

११ औं ओभरमा टोलीको स्कोर ४ विकेटको क्षतिमा ९० रन थियो । तर सूर्यकुमारले १९० को स्ट्राइक रेटमा अर्धशतक प्रहार गरे । हार्दिक पाण्ड्याले ३२ रन बनाएर टोलीलाई १८१ रनमा पुर्याए ।

राशिद खानले विराट कोहली, ऋषभ पन्त र शिवम दुबेलाई कम स्कोरमा आउट गरेका थिए । फजल हक फारुकीले पावरप्लेमा रोहित शर्मा र त्यसपछि सूर्या, जडेजाको विकेट लिए । तर यी दुई बलर बाहेक अन्य कुनै बलरले भारतीय ब्याट्सम्यानलाई दबाब दिन सकेनन् ।

अफगानिस्तानको पावरप्लेमा नै ३ विकेट खसेका थिए । जसप्रित बुमराहले ४ ओभरमा ७ रन दिएर ३ विकेट लिए । अफगानिस्तान १३४ रनमा अलआउट भयो । योसँगै भारतले सेमिफाइनलमा आफ्नो दाबी बलियो बनाएको छ ।

१८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गरेका थिए । अर्शदीप स्विङ बलिङ गरिरहेका थिए । गुरबाजले स्विङ तोडेर अगाडि बढेर चौका र छक्का प्रहार गरे । त्यसपछि थर्ड म्यानमा उभिएका बुमराहले गुरबाजको यो रणनीति हेरिरहेका थिए । अर्को ओभर बुमराहले गरे ।

गुरबाजलाई कसरी रोक्ने भन्ने उनलाई थाहा थियो । पहिलो लेन्थ बल भयो, जुन गुरबाजले कभरमा खेले, तर कुनै रन बनेन । अर्को बलमा बुमराहले वाइड लाइनमा सर्ट अफ लेन्थ बल दिए । त्यसपछि गुरबाज अगाडि बढे, तर बलको लाइन र लम्बाइ कभर गर्न सकेनन् ।

बल ब्याटको बाहिरी किनारा लिएर पन्तको ग्लोभ्समा गयो । १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका लागि गुरबाजको विकेटको पतन सबैभन्दा ठूलो धक्का थियो ।

ठूलो स्कोर पछ्याउने क्रममा अफगानिस्तानका शीर्ष क्रमका ब्याट्सम्यानहरु तितरबितर भएका थिए । रहमानउल्लाह गुरबाज (११ रन), हजरतुल्लाह जाजाई (२ रन), इब्राहिम जद्रान (८ रन) र गलबादिन नइबले १७ रनको योगदान दिए । सर्वाधिक स्कोरर अजमातुल्लाह ओमरजाईले २६ रन बनाए । ८ ब्याट्सम्यानले १५ रन पनि पार गर्न सकेनन् । पूरै ब्याटिङ तितरबितर भयो । साझेदारी निर्माणमा ध्यान दिएनन् । जसका कारण खेलमा अफगानिस्तानले भारतलाई कतै पनि उछिन्न सकेन ।




भर्खरै