१२ आश्विन २०८१, शनिबार
,
Latest
केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले टी२० विश्वकपमा ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको बताएका छन् ।

प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए ।

रोहितले पिचको कन्डिसन र आफ्नो ब्याटिङ लाइनअप सोचेअनुरुप चल्न नसक्दा पराजय भएको बताए। उनले भने, ‘हामीमा एक्सपेरियन्स भन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो।’

विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो–स्कोरिङ खेलका बाबुजत पनि पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएको थियो ।

तस्बिरः हरिराम भेटुवाल÷रासस