१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियम्सनले न्युजिल्यान्डको कप्तानीबाट राजीनामा दिए



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको खराब प्रदर्शनपछि कप्तान केन विलियम्सनले एकदिवसीय र टी–२० कप्तान पदबाट राजीनामा दिएका छन् ।

केन्द्रीय करार पनि खारेज गर्ने निर्णय भएको छ । केन विलियम्सनले सामान्य अनुबन्धलाई रोज्ने निर्णय गरेका छन् । जसका कारण उनले विश्वका विभिन्न टी–२० लिगमा खेल्ने मौका पाउनेछन् ।

केन विलियम्सनको कप्तानीमा सन् २०२४ को टी–२० विश्वकपमा न्युजिल्यान्डले सुपर–८ मा स्थान बनाउन सकेन । उ समूह चरणबाटै बाहिरिएको थियो । टी–२० विश्वकपको इतिहासमा किवी टोली समूह चरणभन्दा अगाडि बढ्न नसकेको यो पहिलो पटक भएको हो ।

प्रतियोगितामा समूह ‘सी’ मा रहेको किवीले पहिलो दुई खेलमा अफगानिस्तान र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सम्झौता छाडेर केन विलियम्सनले सीमित ओभरको फर्म्याटको कप्तानी पनि छोडेको जानकारी दिइएको छ । किवी टिमको सेन्ट्रल कन्ट्रयाक्टमा परेका खेलाडीहरु राष्ट्रिय टोली र घरेलु सुपर स्म्यासका खेलका लागि उपलब्ध हुनुपर्नेछ ।

केन विलियम्सनले ९१ ओडिआई र ७५ टी–२० खेलमा न्युजिल्यान्डको कप्तानीको जिम्मेवारी लिएका छन् । यस अवधिमा किवी टोलीले ४७ ओडीआई र ३९ टी–२० खेल जितेको छ ।