८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे

साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे
अ+ अ-

एजेन्सी । इस्टोनियाका साहिल चौहान टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने ब्याट्सम्यान बनेका छन् । साहिलले साइप्रसविरुद्ध २७ बलमा शतक बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

खेल सोमबार साइप्रसको इपिस्कोपीमा भएको थियो । साहिलले ४१ बलमा १४४ रनको इनिङ खेले । जसमा ६ चौका र १८ छक्का सामेल थिए । साहिलको यही इनिङको आधारमा इस्टोनियाले १३ ओभरमा १९१ रनको लक्ष्य पछ्यायो । साइप्रसमाथि ६ विकेटले विजयी भयो ।

साहिलले चार महिनाअघि नामिबियाका ब्याट्सम्यान जान निकोल लोफ्टी–इटनले बनाएको कीर्तिमान तोडे । इटनले त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालविरुद्ध मात्र ३३ बलमा शतक पूरा गरेका थिए । उनले ३६ बलमा १०१ रन बनाए । ईटनको इनिङ्समा ११ चौका र ८ छक्का समावेश थियो ।

आफ्नो शानदार ब्याटिङका ​​साथ साहिलले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको कीर्तिमान पनि तोडे । सन् २०१३ को आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट खेलिरहेका गेलले पुणे वारियर्सविरुद्ध मात्र ३० बलमा शतक बनाएका थिए ।

उनले भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई पनि पछाडि छोडे, जसले २०१८ मा दिल्लीबाट खेल्दा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए ।

६ खेलको टी–२० सिरिजमा इस्टोनियाले २–० को अग्रता बनाएको छ । अब दुवै टोलीबीच तेस्रो र चौथो टी–२० खेल मंगलबार हुनेछ ।