२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारसले दिए सन्दीपलाई बधाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेग स्पिनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।

टी२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गरेको थियो । उक्त खेलमा सन्दीपले २ विकेट लिँदै टी २० अन्तराष्ट्रियमा १०० विकेट लिन सफल भएका छन् । यसै अवसरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका पारस खड्काले फेसबुकमार्फत सन्दीपलाई बधाई दिएका हुन् ।

टी-२० आई क्रिकेटमा छोटो १०० विकेट पूरा गर्ने सन्दीप दोस्रो खेलाडी बने । उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रासिद खान रहेका छन् ।

नेपालले बंगलादेशसँग २१ रनले पराजित हुँदै टी-२० विश्वकपका २०२४ सकाएको छ । नेपाल समूह चरणबाट अगाडि बढ्न सकेन ।