६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड



अ+ अ-

गलकोट (बागलुङ): पञ्चकोटमा निर्माणधीन एक सय ५१ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि रु सात करोड बढी रकम सङ्कलन भएको छ । पञ्चकोटको अनन्तश्री बह्माण्डीय महायज्ञमा सङ्कलन भएको रकममध्ये रु सात करोड ९२ लाख रकम बचत भएको हो । उक्त रकमबाट कलश निर्माण सुरु गरिनेछ ।

पछिल्लो समय चर्चित धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटले जल सम्पदा र शालग्राम संरक्षण गर्दै पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आयोजना गरेको बह्माण्डीय महायज्ञमा दिइएको दान, सहयोग तथा चढाइएको भेटी बिकरीबाट गरिएको आम्दानीबाट उक्त रकम बचत भएको हो ।

पञ्चकोटमा पञ्चकोटको बार्षिकोत्सवको अवसर पारेर फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री बह्माण्डीय महायज्ञको पञ्चकोट महायत्र मूल आयोजक समितिले सर्वाजनिक गरेको आयव्ययअनुसार पञ्चकोटमा निर्माणाधीन एक सय ५१ फिट अग्लो ‘विश्व शान्ति कलश’ निर्माणमा बचत भएको रकम खर्चने जनाएको छ । कल निर्माणका लागि मात्रै रु ६० करोड लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महायज्ञमा रु १२ करोड १५ लाख ५५ हजार नौ सय ७४ सङ्कलन भएको थियो भने महायज्ञ अवधिभरमा रु चार करोड २२ लाख ५७ हजार चार सय ९८ खर्च भएको भएको महायज्ञ मूल आयोजक समितिका सदस्य तथा गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको कूल खर्च कटाएर रु सात करोड ९२ लाख ९८ हजार चार सय ५० बचत भएको जानकारी दिनुभयो ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर श्री १००८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा सञ्चालित महायज्ञबाट सङ्कलित रकम सर्वसिद्धिधाम पञ्चकोटको गुरुयोजनाअनुरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिनुभयो । कलशको जमिनभित्र ४० फिट र जमिनमाथि एक तला संरचना तयार भइसकेको छ । कलशले पूर्णता पाउँदा उक्त संरचना १० तलाको हुनेछ ।

पञ्चकोटमा हालसम्म रु ५० करोडभन्दा बढीको भौतिक पूर्वाधार निर्माण भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्रीले जानकारी दिनुभयो । पञ्चकोट विकास परिषद्का प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले पञ्चकोटमा धेरै देवीदेवताको मन्दिरका साथै, सभाहल निर्माण सम्पन्न भइसकेको बताउनुभयो । पञ्चकोटमा सिसमहल, सत्सङ भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला, गण्डकी माताको मन्दिर, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापनलगायतका निर्माणका काम सम्पन्न भइसकेका छन् भने महायज्ञकै अवसरमा पाँच हजार पाँच सय ५५ केजी रहेको नेपालकै सबैभन्दा ठूलो महाघण्ट स्थापना गरिएको छ ।रासस