२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो



अ+ अ-

एजेन्सी । पाकिस्तान टी–२० विश्वकप २०२४ बाट बाहिरिएको छ । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी क्रिकेट टोली लिग चरणबाटै बाहिरिएको हो । यसपछि पाकिस्तान क्रिकेट निकै समस्यामा परेको छ । तर, अब पाकिस्तानी अलराउन्डर इमाद वासिमले पाकिस्तानी क्रिकेटको दुर्दशाबारे बयान दिएका छन् ।

इमाद वासिमले भने, ‘यो पाकिस्तानी क्रिकेटको सबैभन्दा तल्लो स्तर हो, यसबाट तल जान मिल्दैन। यस मामिलामा कुनै शंका छैन। हामी प्रतियोगिताबाट बाहिर छौं, हाम्रा खेलाडीहरूका लागि यो सजिलो समय होइन, तर तपाईंले यो अन्तर्राष्ट्रिय म्याच हो भनी स्वीकार गर्नुपर्छ, विश्वकपका खेलहरूलाई हल्का रूपमा लिनु हुदैन थियो ।’

यस बाहेक इमाद वासिमले भारतसँगको हारको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनले भने, ‘भारतविरुद्ध पाकिस्तानको जित निश्चित मानिएको थियो, तर अन्तिम ओभरमा खेल परिवर्तन भयो।’ यो सँगै इमाद वासिमको ब्याटिङमा पनि धेरै प्रश्न उठेका थिए । यसबारे उनले भनका छन्, ‘हाम्रो रणनीति खेललाई अन्तिमसम्म लैजाने थियो। किनभने पिचमा ब्याटिङ गर्न सजिलो थिएन। जसका कारण हाम्रो टोलीले पराजय भोग्नुपरेको थियो ।’

यसैबिच, इमाद वासिमको सन्यासलाई लिएर लगातार प्रश्न उठिरहेको छ । यो प्रश्नको जवाफमा इमाद वासिमले भने, ,टी–२० विश्वकपमा हाम्रो एक खेल बाँकी छ, त्यसपछि मैले सन्यास लिएर के गर्ने भन्ने निर्णय गर्छु ।’

उनी थप भन्छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा पाकिस्तानी टोलीमा धेरै समस्या छन्, जसको समाधान आवश्यक छ । म विश्वस्त छु कि पाकिस्तान क्रिकेट बोर्ड र अध्यक्षले सबै समस्या समाधान गर्नेछन्।