२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट टोलीले ट्री–२० विश्वकपअन्तर्गत भोलि शनिबार बिहान आफ्नो तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको टोली साउथ अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयानुसार सवा ५ बजे सुरु हुनेछ । नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ । बलियो टोली साउथ अफ्रिकासँग भिड्दै गर्दा नेपालको लक्ष्य जित हुने कप्तान रोहित पौडेल बताउँछन् ।

‘हामी मैदानमा उत्रिएपछि हाम्रो मानसिकता नै कसरी जित्ने भन्ने हुन्छ । हाम्रो टीमको राम्रो तयारी छ । दक्षिण अफ्रिकासँग खेल्नलाई उत्साहित छौं ।’ रोहितले प्रेस मिटमा भने ।

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका लेग स्पिनर सन्दीप लामिछाने यो खेलमा उपलब्ध हुनेछन् । सन्दीपको अगामनपछि टोली बलियो बनेको रोहित बताउँछन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन नसकेपछि अंक बाँडेको थियो ।

नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ ।

तस्बिरः क्यान

 

 

 

 




भर्खरै