८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हेलमेटको ग्रिलले बचायो आँखा

हेलमेटको ग्रिलले बचायो आँखा
अ अ+ अ-

एजेन्सी । क्रिकेटको सबैभन्दा डरलाग्दो क्षणहरू मध्ये एक टी–२० विश्वकपको २७ औं खेलमा देखियो, जब नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेका तान्जिद हसनको हेलमेटको ग्रिलमा बल अड्कियो ।

भाग्यवशः बलले ग्रिल छोडेन, अन्यथा एक अप्रिय घटना हुन सक्थ्यो । यो डरलाग्दो घटनाको भिडियो अहिले भाइरल भइरहेको छ ।

टस जितेर नेदरल्याण्ड्सले बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नजमुल हसन शान्तो र तान्जिद हसनले ओपनिङ गरेका थिए । बंगलादेशको इनिङ्सको तेस्रो ओभर भिभियन किङ्मा बलिङ गर्न आएका थिए ।

उनको तर्फबाट उत्कृष्ट बाउन्सर बल तान्जिदको हेलमेटको ग्रिलमा ठोक्कियो र आश्चर्यजनक रूपमा बल ग्रिलमै अड्कियो र ठूलो दुर्घटना हुनबाट जोगियो ।

तान्जिद हसनले ढिलो नगरी हेल्मेट फुकाले र यसैबीच मेडिकल टोली पनि मैदानमा आयो । प्रोटोकल अनुसार तान्जिदको जाँच र आँखा पनि जाँच गरिएको थियो । सौभाग्यवश, उनलाई कुनै गम्भीर चोट लागेन र मेडिकल टोलीले उनलाई खेल जारी राख्न अनुमति दियो । तान्जिदले २६ बलमा ३५ रनको इनिङ खेले जसमा उनले ५ चौका र एक छक्का प्रहार गरे ।

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा १५९र५ रनको चुनौतीपूर्ण स्कोर बनायो । नेदरल्याण्डका आर्यन दत्त र भान मिकरेनले समान २–२ विकेट लिए । लक्ष्य पछ्याउँदा नेदरल्यान्ड्सले ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । उक्त खेलमा बंगलादेशले २५ रनले जित हात पार्दै सुपर ८ मा पुग्ने आशा जीवित राखेको छ ।