२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्डका बलरको उत्कृष्ट प्रदर्शनका कारण टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको ओमानको टोली ४७ रनमै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । यो टी–२० विश्वकप इतिहासमै सबैभन्दा छिटो रन चेज हो । यसअघि सन् २०१४ को विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सको लक्ष्य ५ ओभरमा पूरा गरेको थियो । इंग्ल्याण्डले यो कीर्तिमान तोड्यो ।

इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । रनरेटको हिसाबले स्कटल्याण्डभन्दा अघि बढ्न ५.१ ओभरमा अगाडि बढ्नु परेको थियो । तर, टोलीले ३.१ ओभर अर्थात १९ बलमा लक्ष्य पछ्यायो । इङ्ल्यान्डभन्दा अगाडि ओमानका १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।

इंग्ल्याण्डबाट उत्कृष्ट बलिङ गर्दा स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । जबकि ब्याटिङमा कप्तान जोस बटलरले ३०० को स्ट्राइक रेटमा २४ रन बनाए ।

यो खेलसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । योसँगै इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो, स्कटल्याण्डले एक खेल गुमाएमा इंग्ल्याण्ड ५ अंकसहित सुपर ८ मा पुग्नेछ ।

ओमानको इनिङ्सः
ओमानले पहिलो ओभरमा डिफेन्स गर्दै ठूलो इनिङ्सको जग बसाल्यो तर दोस्रो ओभरमा नै टोलीको पहिलो विकेट खसेको थियो । पावरप्लेमा नै टोलीले ४ विकेट गुमाएको थियो । प्रतिक आठवले ५ रन, अकिब इलियास ८ रन, जिशान मक्सुद १ रन र कश्यप प्रजापति ९ रन बनाएर आउट भए ।

यसपछि स्पिनले खेलाडीलाई समस्यामा पारेको थियो । इनिङ्समा मात्र छक्का प्रहार गरेका कश्यप प्रजापति ९ रन, खालिद काली १ रन, मेहरान खान शून्य र फय्याज भट्ट २ रन बनाएर प्याभिलियन फर्किए । कलिमुल्लाह ५ रन बनाएर प्याभिलियन फर्किए । शोएब खान पनि अन्तिम विकेटका रूपमा प्याभिलियन फर्किए ।

टोलीका ब्याट्सम्यानले दबाब सहन सकेनन् । पावरप्ले पछि, ब्याट्सम्यानहरूले आफ्नो शटहरूमा आत्मविश्वास देखाउन सकेनन् र जसका कारण उनीहरूले विकेट गुमाइरहेका थिए ।

इंग्ल्याण्डको इनिङ्सः
इंग्ल्यान्डलाई ४८ रनको सानो लक्ष्य थियो तर राम्रो रनरेटका लागि टोलीले ५.१ ओभरमा लक्ष्य पछ्याउनुपर्ने भयो । फिल साल्टले इनिङ्सको पहिलो दुई बलमा २ छक्का प्रहार गर्दै आफ्नो इरादा स्पष्ट पारे । उनी तेस्रो बलमा आउट भए । यसपछि विल ज्याक पनि फन्दामा परेको देखियो र अर्को ओभरमा विकेट त्यागे । उनले ७ बलमा ५ रन बनाए ।

अब जिम्मेवारी कप्तान जोस बटलरको काँधमा थियो, उनी दृढ भएर उभिए र ८ बलमा २४ रन बनाए । अर्को छेउमा उनलाई जोनी बेयरस्टोले पनि साथ दिदै २ बलमा ८ रन बनाए । दुवैले १९ बलमा सहजै खेल जिताए ।




भर्खरै