२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टीका नेताको सामाजिक संञ्जालमा जुहारी, पार्टीमा को खुशी, को दु:खी ?



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र सोही पार्टीका नेता ठाकुर शिंह थारुबीच सामाजिक संञ्जालमा जुहारी चलेको छ ।

नेता थारुले अध्यक्ष रञ्जिता मात्र खुशी रहेको तर कार्यकर्ताहरु निरास रहेको भन्दै अध्यक्षको कटाक्ष गर्नुभएको छ ।

थारुलाई सामाजिक सञ्जाल मार्फत जबाफ फर्काउँदै पार्टीलाई बेच्न मोलमोलाई गर्ने व्यापारीहरू मात्र दु:खी रहेको जनाउनु भएको छ ।

अध्यक्ष रञ्जितालाई मेन्सन गरेर थारुले लेख्नु भएको छ-

प्रिय अध्यक्ष रन्जिता जि ।
तपाई जति खुशि हुनु हुन्छ त्यति खुशि तपाईको पार्टिका कार्यकर्ता किन छैनन्  ? तपाईको मुखमा हाँसो छ तर तपाईको कर्याकर्ताको मुखमा किन निराश छ ?
थाह होस । तपाईको मुस्कान भन्दा नि निराशाले पार्टि उभो लाग्दैन ।
जय नागरिक ।

ठाकुरलाई जबाफ दिदै अध्यक्ष रञ्जिताले लेख्नु भएको छ-

ठाकूर सिंग ज्यू
तपाइले मलाई फेसबुक मा प्रश्न गर्नु भयो उत्तर यसैमा दिन उचित सम्झे
म यस कारण खुशी छु कि नागरीक उनमुक्ती पार्टि अहिले एकदम ठिक लाईनमा छ॥
पार्टीलाई आफ्नो खल्ती भर्ने व्यापार सम्झनेहरू मात्र खुशि छैनन् !
पार्टी अध्यक्षको हैसियतले भन्छु हामी सबै पार्टिमा खुशी छौं !
आफ्नो पार्टिले पाउदै गरेको मुख्यमन्त्री अर्को पार्टीलाई बेचेर खान नपाऊदा दुखीहुने हरू कदापी नागरीक ऊन्मुक्ती पार्टीका होइनन् !!
गर्वका साथ नागरीक ऊन्मुक्ती पार्टीको लागी सु।प प्रदेशको मुख्य मन्त्री लिएर जांदा अर्को पार्टीको मान्छेहरू सगं आफ्नो पार्टीलाई बेच्न मोलमोलाई गर्ने व्यापारीहरू दु:खी छन् भने हुन दिनुस ॥
अलिकती पनी पार्टी प्रती नैतिकता छ भने आफ्नो धरातल सम्झनुहोला !
जय नागरीक




भर्खरै