२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । भारी वर्षाको कारण खेल रद्द भएको हो । मैदान तयार हुन नसक्दा टस पनि हुन नसकी खेल रद्द भएको हो ।

योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । आईसीसीले सेमिफाइनल र फाइनलमा मात्रै रिजर्भ डे राखेको छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अब शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार सोहाी मैदानमा बंगलादेशसँग खेल्नेछ ।