• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडालाई ७ विकेटले हरायो



काठमाडौँ । पाकिस्तानले टी–२० विश्वकप २०२४ मा पहिलो जित हात पारेको छ । टोलीले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

न्युयोर्कको नासाउ क्रिकेट स्टेडियममा मंगलबार पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनायो । जवाफमा पाकिस्तानले १७.३ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५३ रनको अर्धशतकीय पारी खेले । बलिङमा हरिस रउफ र मोहम्मद आमिरले २–२ विकेट लिए । क्यानडाका लागि ओपनर आरोन जोन्सनले ५२ रनको इनिङ खेले । डिलोन हेलिगरले २ विकेट लिए ।

पाकिस्तानका लागि सुपर–८ को आशा अझै बाँकी छ । एक जितसँगै टोलीले अंक तालिकामा २ अंक जोडेको छ ।

पाकिस्तानको इनिङ्स
१०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई २० रनको स्कोरमा पहिलो झट्का लागेको थियो । पाँचौं ओभरको दोस्रो बलमा हेलिगरले साइम अयुबलाई मोभ्वाले क्याच दिए । उनले ६ रन मात्र बनाउन सके । न्युयोर्कको स्लो पिचमा बाबर आजम र मोहम्मद रिजवानबीच उत्कृष्ट साझेदारी थियो ।

दुवैले ६२ बलको सामना गर्दै ६३ रनको साझेदारी गरे । १५ औं ओभरमा हेलागरले बाबरलाई आफ्नो शिकार बनाए । उनी ३३ बलमा ३३ रन बनाएर प्याभिलियन फर्किए ।

यस खेलमा फखर जमानले चार रन बनाएर अविजित रहे भने उस्मान खानले दुई रन बनाएर अविजित रहे । भने मोहम्मद रिजवानले ५३ रनको खेल जित्ने इनिङ खेले । यस क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे । क्यानडाका लागि डिलन हेलिगरले दुई र जेरेमी गोर्डनले एक विकेट लिए ।

क्यानडाको इनिङ्स
टस हारेर पहिले ब्याटिङमा आएको क्यानडाको टोली पाकिस्तानी बलरसँग संघर्ष गरिरहेको थियो । यस खेलमा आरोन जोन्सन बाहेक क्यानडाका कुनै पनि ब्याट्सम्यानले राम्रो खेलेनन् । उनले ४४ बलमा ५२ रनको बलियो इनिङ खेले ।

यस क्रममा उनको ब्याटबाट चार चौका र त्यति नै छक्का निस्कियो । खेलमा नवनीतले चार, परगटले दुई, निकोलसले एक, श्रेयसले दुई, रविन्द्रपालले शून्य र साद बिन जफरले १० रन बनाए ।

कलिम साना १३ रन बनाएर अविजित रहे भने डिलन हेलिगरले ९ रन बनाएर अविजित रहे । पाकिस्तानका लागि मोहम्मद आमिर र हरिस रउफले २–२ विकेट लिए । यसबाहेक शाहिन शाह अफ्रिदी र नसिम शाहले एक–एक विकेट लिए ।