२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ ।

सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो । सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रमरोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले सरकारले अभियानको रुपमा आयोजना गरिरहेको श्रमधान रोजगार मेला मंगलवार वागमती प्रदेशमा हुन लागेको बताउनु भयो । उहाँले सरकारले वागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान रहेको बताउनु भयो । उपसचिव सुनुवारले ६ प्रदेशहरु गरेको श्रमधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको बताउनु भयो । उहाँले स्वदेशमा नै बसेर नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्यले सरकारले श्रमाधान रोजगार मेलाको अभियान गरेको बताउनु भयो । उहाँले मंगलवारको मोल ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले आयोजना गरेको मंगलवार देखि श्रमधान रोजगार मेला वागमती प्रदेशमा हुन लागेको छ । सरकारले बागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान हो । तर बिट मार्दा मार्दै बिश्राम लिने छैनौं । यो निरन्तर अगाडि बढ्छ । अर्को महत्वपूर्ण कुरा ६ प्रदेशहरुमा जसरी श्रमधान मेला आयोजना गरिँदै गयो । जसले रोजगारीको खोजीमा जो हुनुहुन्थ्यो । उहाँहरुको लागि श्रमधान मेलाको आयोजना गरेका हौं । जसले स्वदेशभित्रै नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्य हो । ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेका छौं । त्यसको प्रारम्भ मंगलवार १० बजे पाटन संयुक्त क्याम्पसको परिसरमा मेला आयोजना भइरहेको छ ।’

‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको आयोजनामा र विभिन्न ६ सह–आयोजक मार्फत मेला आयोजना हुँदैछ । मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको छ । मेलामा विभिन्न चरण र कोशिस गरेका छौं । गत १७ गतेदेखि शुरु भएको श्रमाधान रोजगार मेलामा त्यो अभ्यास भयो । मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुनेछ । घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानु पर्ने अवस्था छ । अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जुर्‍यो भन्ने सपनालाई सकार बनाउँछौं ।’

उहाँले मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुने बताउनु भयो । उहाँले मेलाले घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानुपर्ने अवस्थालाई कम गरी अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जुर्‍यो भन्ने सपनालाई सकार बनाउन मद्दत गर्ने दाबी गर्नुभयो ।




भर्खरै