७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्-वातावरण विभाग

दीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्-वातावरण विभाग
अ+ अ-

काठमाडौँ । मीनपचासको जाडो, विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ ।

काठमाडौँमा धुम्म तुवाँलो लागेको छ । तुवाँलोका कारण घाम लाग्न सकेको छैन । आज बिहान हल्का वर्षा भए पनि तुवाँलो हट्न सकेको छैन । हावा नचल्दा तुवाँलो फाट्न सकेको छैन । सोही कारण मानव स्वास्थ्यमा त्यसले नकारात्मक प्रभाव पार्ने देखिन्छ । 

 मौसममा आएको बदलीका कारण काठमाडौँवासीमा स्वास्थ्य समस्या बढ्ने जोखिम पनि उत्तिकै देखिएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेको वातावरण विभागको भनाइ छ । 

विभागले विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवम् दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । घरबाहिर ननिस्कन र सबै नागरिकले निस्कनै परे विशेष सावधानी अपनाउनसमेत अपिल गरेको छ । विभागमा महानिर्देशक मुकुन्दप्रसाद निरौलाका अनुसार वातावरणमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर तोकिएका उमेर समूहलाई घरमै रहन आग्रह गरिएको हो । 

 काठमाडौँ उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधनले फालेको धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन चलाउँदै आएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिजेल र पेट्रोल सवारीलाई क्रमशः विस्थापित गर्दै लानेतर्फ सरकार र सरोकार भएका निकाय तथा क्षेत्रको ध्यान जानुपर्ने बताउनुभयो । 

 विद्युतीय सवारी साधनलाई बढावा दिने सरकारको लक्ष्य भए पनि सो अनुसार प्रभावकारीरुपमा काम हुन नसकेको भन्दै अध्यक्ष थापाले सरकारले नै विद्युतीय सवारी साधन सञ्चालनमा हस्तक्षेप गर्नुपर्नेमा जोड दिनुभयो । आकाश घुम्म भए पनि चिसोको मात्रा भने बढेको छैन । मानिसहरुले घर बाहिर निस्कँदा मानिसले आँखा पिरो भएको र श्वास फेर्न केही असजिलो भएको अनुभव गरेका थिए । 

विभागले काठमाडौँ उपत्यकाबाहेक तराईका नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको जनाएको छ । तराईका नागरिकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै भनेको छ, “फोहोर वा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ ।” 

 वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेका केही समयसम्म प्रदूषण यस्तै रहन सक्ने वा अझै खराबसमेत हुने सम्भावना रहेका हुनाले विशेष सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । 

जल तथा मौसम विभागले तराईका धेरै स्थानमा लागेको हुस्सु र कुहिरो लागेको जनाएको छ । कुहिरो र हुस्सु लागेका स्थानमा राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनाका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्ककता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली हुनेछ । ती प्रदेशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले साँझ दिएको जानकारीअनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोही वायुका कारण देशभर सामान्य बदली भइरहेको छ । जानकारहरुले झ्याल ढोका खोलेर स्वच्छ हावा बहने वातावरण बनाउन आग्रह गरेका छन् । स्विटरजरल्यान्डको आइक्युएयरका अनुसार काठमाडौंको वायुको एक्यूआई ( एयर क्वालिटी) २०२ रहेको छ ।