८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कोहलीदेखि बाबरसम्म, सबैको नजर भारत–पाकिस्तान खेलमा यी पाँच खेलाडीमा हुनेछ

कोहलीदेखि बाबरसम्म, सबैको नजर भारत–पाकिस्तान खेलमा यी पाँच खेलाडीमा हुनेछ
अ अ+ अ-

एजेन्सी । २०२४ को टी–२० विश्वकपमा, सबै क्रिकेट फ्यानहरू आजको प्रतिक्षामा छन्, जब भारत र पाकिस्तानका टोलीहरू आमनेसामने हुनेछन् र उच्च भोल्टेज खेल हुनेछ ।

दुई टोलीहरूबीचको टी विश्वकपको पहिलो खेल २००७ मा खेलिएको थियो । खेल टाईमा सकिएपछि भारतले बलआउटमा जित्दै २ अंक जोडेको थियो ।

यसपछि सोही विश्वकपको फाइनलमा भारत–पाकिस्तानको टोली फेरि भिड्यो तर भारतले उक्त खेल जितेर ट्रफी जित्यो । यससँगै सन् २०२२ मा भएको टी–२० विश्वकपको खेलमा भारतीय टोलीले पाकिस्तानलाई अन्तिम बलमा पराजित गरेको थियो ।

उक्त खेलमा विराट कोहलीको इनिङ्स उत्कृष्ट थियो । कोहलीले अविजित ८२ रन बनाएर असम्भव जित सम्भव बनाएका थिए । यसपटक पनि किंग कोहलीबाट पाकिस्तानविरुद्ध ठूलो इनिङ्स खेल्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा भारत–पाकिस्तानको खेलमा सबैको नजर कुन–कुन ५ स्टारमा रहने छ भन्नेबारे यहाँ चर्चा गरौँ ।

१. विराट कोहली
पहिलो नम्बरमा विराट कोहलीको नाम आउँछ, जसले आईपीएल २०२४ मा ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आईपीएलमा ओरेन्ज क्याप (सर्वाधिक रन बनाउनेलाई दिइने) कोहलीको टाउकोमा सजिएको थियो । कोहली अहिले उत्कृष्ट लयमा छन् तर आयरल्याण्डविरुद्ध ओपनिङ गर्दा उनको ब्याट मौन रह्यो । अब पाकिस्तानविरुद्धको खेलमा कोहलीबाट ठूलो इनिङको अपेक्षा गरिएको छ । गत टी–२० विश्वकपमा कोहलीले पाकिस्तानविरुद्धको खेलमा भारतलाई हारिसकेको खेललाई जिताएका थिए ।

२.बाबर आजम
दोस्रो स्थानमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमको नाम छ, जसमाथि भारत–पाकबीचको खेलमा सबैको नजर रहनेछ । बाबर आजमले अमेरिकाविरुद्ध पाकिस्तानको सुरुवाती खेलमा ४४ रनको इनिङ खेलेका थिए । त्यसैगरी, २०२१ को विश्वकपमा बाबरले भारतविरुद्ध खेल जित्ने इनिङ खेलेका थिए । यस्तो अवस्थामा यसपटक पनि पाकिस्तानी टोलीले उनीसँग ठूलो इनिङ्स खेल्ने अपेक्षा गरेको छ ।

३. रोहित शर्मा
तेस्रो नम्बरमा रोहित शर्माको नाम छ, जसले आईपीएल २०२४ मा अपेक्षित प्रदर्शन गर्न सकेनन्, तर उनले चेन्नई र राजस्थान रोयल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । टी–२० विश्वकपमा भारतको उद्घाटन खेलमा रोहित शर्माको ब्याट बलियो गर्ज्यो । उनले ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको इनिङ खेले । अब रोहितले पाकिस्तानविरुद्ध पनि आफ्नो फर्मलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

४. शाहिन अफ्रिदी
चौथो नम्बरमा पाकिस्तानका डरलाग्दो फास्ट बलर शाहिन अफ्रिदीको नाम छ, जो नयाँ बलले भारतविरुद्ध धेरै पटक भारतको इनिङ्सलाई ध्वस्त पारेका छन् । रोहित शर्मा पनि शाहिन अफ्रिदीको अगाडि रन बनाउन संघर्ष गरिरहेको देखिन्छ । यस्तो अवस्थामा भारत–पाकिस्तानको खेलमा सबैको नजर शाहिन अफ्रिदीमाथि लागेको छ ।

५. मोहम्मद अमिर
चौथो नम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका मोहम्मद आमिरको नाम छ, जसलाई लिएर भारतीय टोलीले सावधानी अपनाउन जरुरी छ । आमिरले आफ्नो स्विङ बलिङले सबैलाई समस्यामा पार्न सक्छन् । २०१७ च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोलीको जितमा मोहम्मद आमिरको ठूलो भूमिका थियो । यस्तो अवस्थामा सबैको नजर उनको सन्यासबाट फर्किएपछिको प्रदर्शनमा हुनेछ ।