७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु

मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु
अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि शुरु भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु भएको हो । गण्डकी प्रदेश सभाको यस विशेष अधिवेशनमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको बारेमा साझा संकल्पको रुपमा प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका वहुवर्षिय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्वन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनकाबीच मुख्यमन्त्री गुरुङले आफु अल्पमतमा नपर्ने दाबी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका प्रदेश सभा सदस्य दिपक कोईरालाले मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको पक्षपोषण गरिरहेको र आफुहरुले उक्त कदमको विरोध गरिरहेका कारण नयाँ सरकारका निम्ति नयाँ खालको गठबन्धनको खोजि हुने बताउनुभयो । कस्तो गठबन्धन बन्ने भन्ने तय भइनसकेको भन्दै उहाँले नेकपाको पार्टी आधिकारिकताको विवादका कारण निर्णय गरेर अघि बढ्न नसकेको उहाँको भनाई छ ।

जनता समाजवादी पार्टी, नेपालका प्रदेश सभा सदस्य हरिशरण आचार्यले प्रदेश सभाको अधिवेशनमा सार्वजनिक महत्वको प्रस्ताव छुट्टै  बनाएर पेश गर्ने र संकल्प प्रस्ताव भने साझा रुपमा पेश गर्ने सहमति भएको बताउनुभयो । सत्तारुढ दलले बलियो सरकार बनाउन जनमत पाएको भएपनि हरियो जंगल फाँडेर मरुभुमि बनाएको टिप्पणी गर्नुभयो । जसपाको ध्यान सरकारतर्फ नभएको उहाँको भनाई छ ।

गण्डकी प्रदेश सभाको अर्को बैठक पौष २६ गते बोलाईएको छ । २६ गते सार्वजनिक महत्वको विषयमा छलफल गरिने र हप्तादिन पछि बस्ने बैठकमा कोभिड–१९ को बारेमा साझा संकल्प प्रस्तुत हुने बताइएको छ ।