२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युगान्डा ३९ रनमै अलआउट, वेस्ट इन्डिजसँग १३४ रनले पराजित



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको १८ औं खेलमा वेस्ट इन्डिजका बलरहरूले युगान्डालाई १२ ओभरमा ३९ रनमा अलआउट गरे । योसँगै टी–२० विश्वकपको संयुक्त रूपमा सबैभन्दा सानो योगफलको कीर्तिमान युगान्डाले बराबरी गरेको छ ।

यसअघि २०१४ को विश्वकपमा श्रीलंकाविरुद्ध नेदरल्यान्ड्सले पनि ३९ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सको टोली १०.३ ओभरमा ३९ रनमै अलआउट भएको थियो ।

वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले सर्वाधिक ५ विकेट लिए । यो खेलमा युगान्डा १३४ रनले पराजित भएको थियो । खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

जोनसन चार्ल्सले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाएर टिमका लागि सबैभन्दा ठूलो पारी खेले ।

वेस्ट इन्डिजको यो दोस्रो जित हो । टोलीले पपुवा न्युगिनीविरुद्धको पहिलो खेल जितेको थियो ।

१७४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा युगान्डाको सुरुवात निकै खराब रह्यो । अकिल हुसेनले खाता नखोल्दै रोजर मुकासालाई प्याभिलियन पठाउँदा टोलीको पहिलो विकेट पहिलो ओभरमै झरेको थियो ।

त्यसपछि टोलीको दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा साइमन सेसाजी (४) को रूपमा खसेको थियो । त्यसपछि तेस्रो ओभरको अन्तिम बलमा अल्पेश रामाजानी (५) तेस्रो विकेटको रुपमा र चौथो ओभरको पहिलो बलमा रोबिन्सन ओबुया (६) को रूपमा युगान्डालाई चौथो झट्का लाग्यो ।

त्यसपछि टोलीले १९ रनमा रियाजत अली शाहको रूपमा पाँचौं विकेट गुमाएको थियो, जसलाई पाँचौं ओभरमा अकिल हुसेनले बोल्ड गरेका थिए ।

टोलीको विकेट झर्ने क्रम यसरी नै जारी रह्यो र सातौं ओभरको पहिलो बलमा प्याभिलियन फर्किएका दिनेश नक्रानी (शून्य) को रूपमा छैटौं विकेट गुमाए । त्यसपछि सातौं ओभरमा नै केनेथ वैसावा (१) को सातौं विकेट खसेपछि टोलीलाई आठौं झट्का कप्तान ब्रायन मसाबाको रूपमा लाग्यो । ८औं ओभरमा आउट भएका कप्तान मसाबाले मात्र १ रन बनाए ।

त्यसपछि टोलीलाई अन्तिम दुई झट्का ११ औं ओभरको अन्तिम बलमा कोस्मास किवुटा (१) र १२ औं ओभरको अन्तिम बलमा फ्रान्क सुबुगा (०) को रूपमा आयो । जुमा मियागीले २० बलमा १३ रन बनाएर ११ औं खेलाडीको रुपमा अविजित रहे । दोहोरो अंक पार गर्ने एकमात्र ब्याट्सम्यान मियागी थिए ।

वेस्ट इन्डिजका अकिल हुसेनले सर्वाधिक ५ विकेट लिए । यस क्रममा उनले ४ ओभरमा २.८० को इकोनोमीमा ११ रन खर्चे । यसबाहेक अल्जारी जोसेफले २ सफलता हात पारे । अल्जारीले ३ ओभरमा ६ रन मात्र खर्चे । रेस्ट रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुदाकेश मोतीले १–१ विकेट लिए ।




भर्खरै