७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए ९४ वर्षीया वृद्धाको लागि पक्की घर

जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए  ९४ वर्षीया वृद्धाको लागि पक्की घर
अ+ अ-

दमक । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण गर्नुभयो । उहाँले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यसमेत शारीरिकरूपमा अशक्त रहेकाले सहाराविहीन अवस्था महसुस गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाको ‘कोही एक्लो छैन’ भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताउनुभयो । 

लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०÷११ धुर जमिनमा जनप्रतिनिधिहरुको रु चार लाख १५ हजारको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले रु ६५ हजारभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिनुभयो । पाँचथर पुख्र्यौली घर भएका लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको हो । वृद्धाका पति भीमनारायण स–साना छोराछोरी काखमा हुँदै बित्नुभएको थियो । तीन छोरामध्ये जेठो छोरा अघनबहादुर लामो समयदेखि रोजगारीका लागि भारततिर घर छोडेर हिँड्नुभयो ।

बुबाको निधनपछि दुःखमा परेको  परिवारको भविष्यका लागि भनेर भारततिर पस्नुभएका उहाँ अहिलेसम्म घर फर्किनुभएको छैन । “मर्यो, बाँच्यो, कहाँ, छ, छैन अहिलेसम्म खोजखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन्”, विलौना गर्दै वृद्धा धनमायाले भन्नुभयो ।.उहाँका अनुसार माइलो छोरा हरिकृष्णको सात वर्षअघिनै मृत्यु भयो । कान्छो छोरा अभिचन्द्र पनि शारीरिक अशक्तताले अहिले आफन्तको शरणमा छन् । माइली बुहारी इन्दिरा र शारीरिक रूपमा अशक्त एक छोरीका साथमा हुनुहुन्छ उहाँ ।

अरु तीन सबल छोरीहरु भने घरजममा हुनुहुन्छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको माध्यमबाट नै छ जनाको परिवारको गुजारा चलाउनु पर्ने बाध्यता रहेको पीडित परिवारको दुःखेसो छ ।
कुनै आयस्रोत नभएका लामिछानेको परिवारको विपन्नता देखेर नै जनप्रतिनिधिहरुले स्वेच्छिकरूपमा गर्नुभएको कार्य अत्यन्तै प्रंशसनीय भएको नगर प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।