२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर आजमले पछि पारे विराट कोहलीलाई



अ+ अ-

काठमाडौँ । २००९ को  विश्वच्याम्पियन पाकिस्तानले अमेरिकासँगको खेल गुमाउँदै हारबाट टी–२० विश्वकप २०२४ को सुरुवात गरेको छ ।

समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई अमेरिकाले सुपर ओभरमा पराजित गरेको हो ।

खेलमा कप्तान बाबर आजमले पाकिस्तानका लागि सर्वाधिक ४४ रन बनाएका थिए । योसँगै उनले कीर्तिमान कायम गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीलाई पछि पारेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा बाबर सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । बाबरले ४०६७ रन बनाएका छन् । उनको उत्कृष्ट स्कोर १२२ रहेको छ । यस्तै, कोहली ४०३८ रनका साथ दोस्रो स्थानमा रहेका छन् । उनको पनि उत्कृष्ट स्कोर १२२ रहेको छ ।

यस्तै, भारतीय ब्याट्सम्यान रोहित शर्मा ४०२६ रनका साथ तेस्रो स्थानमा रहेका छन् । उनको उत्कृष्ट स्कोर अविजित १२१ रन रहेको छ ।