वासिङ्टनः अमेरिकी संसदमा राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे उक्साहटमा समर्थकहरूले हमला गरेकाे र हिंसा भड्काएकाे भन्दै अमेरिकी सामाजिक संजालहरू ट्वीटर र फेसबुकले ट्रम्पका अकाउन्ट बन्द गरिदिएका छन् ।
ट्वीटरले सूचना जारी गरेर ट्रम्पले १२ घण्टासम्म कुनै पनि ट्वीट गर्न नपाउने गरी अकाउन्ट निलम्बन गरेकाे जनाएकाे छ ।
यस्तै फेसबुकले पनि ट्रम्पका पाेस्टहरू फेसबुकमा नदेखिने बनाइएकाे जनाएकाे छ । इन्स्टाग्रामले पनि ट्रम्पका ट्वीट अबरूद्ध गर्न लागेकाे जनाएकाे छ ।
अमेरिकी राष्ट्रपतिका ट्वीट र फेसबुक यसरी ब्लक गरिएकाे याे पहिलाे पटक हाे । यसअघि पनि चुनावमा धाँधली भएकाे र चुनाव जितेकाे दाबी गरिएका ट्वीटहरूमा पनि ट्वीटरले कमेन्ट सहित प्रकाशन गरिररहेकाे थियाे ।
ट्वीटरले ट्रम्पकाे व्यवहारमा परिवर्तन नभए सधैंका लागि ट्रम्पका ट्वीटहरू बन्द गरिने जनाएकाे छ ।
अमेरिकी सामाजिक संजाल (बिग टेक) काे व्यवहारलाइ लिएर ट्रम्पले पटकपटक विराेध गरिरहनु भएकाे छ ।
गूगल समूहले के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् तर चाँडै निर्णय हुने अनुमान गरिएकाे छ । (एपी)











