९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्



अ+ अ-

एजेन्सी । गर्मीमा रसिलो खर्बुजा खानुको बेग्लै रमाइलो छ । यसमा पाइने मिनरल्स र भिटामिन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

धेरैले खर्बुजाको जुस बनाएर स्मूदी खाने गर्छन् । धेरैलाई खर्बुजामा नुन छर्केर खान मन पराउछन् । तर, त्यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुने बिज्ञहरुले बताएका छन् ।

खर्बुजा एक कम क्यालोरी फल हो, यसमा भिटामिन ए र सी र एन्टि-अक्सिडेन्ट प्रशस्त हुन्छ। यसमा नुन छर्केर खादा यसले स्वाद बढाउँछ र थप रसदार बनाउँछ। नुन मिसाएर खर्बुजा खाँदा शरीरमा सोडियमको मात्रा बढ्छ, जसले धेरै समस्या निम्त्याउन सक्छ । जसका कारण रक्तचाप बढ्न सक्छ । बढी नुनका कारण रक्तचापका बिरामीको समस्या बढ्न सक्छ ।

गर्मीमा चिसो खान मनपर्ने हुनाले हामि खर्बुजा फ्रिजमा राखेर खाने गर्छौ । तर धेरै चिसो खर्बुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्छ । खर्बुजा धेरै चिसो खाँदा, यसले पेट र अन्य पाचन समस्याहरू निम्त्याउन सक्छ। यसबाहेक खर्बुजा खाएपछि दूध पिउनु पनि हानिकारक हुन सक्छ। किनभने, खर्बुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिनले पेट फुल्ने समस्या निम्त्याउन सक्छ।