२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाए : बामदेब गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बामदेब गौतमले राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले आफुलाई राष्ट्रिय सभामा मनोनित गर्नु भएकोमा राष्ट्रपति, प्रधानमन्त्री धन्यवाद दिएका हुन् । 

गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको समेत बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन् ।

आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’

उनले गणतन्त्र नेपालको स्थापना र नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने दुइटा उद्देश्य रहेको पनि बताए।  गौतमले आफ्नो घरमा बा-आमा र आफन्त कांग्रेस रहे पनि आफू कम्युनिष्टमा सक्रिय रहेको उल्लेख गरेका थिए।