७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? : कांग्रेस सांसद रायमाझी

प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? : कांग्रेस सांसद रायमाझी
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गर्नुभएको छ । 

बिहीबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाई राखेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिनुभएको हो । उहाँले भन्नुभयो ‘असंवैधानिक कदम चालिसकेपछि निर्वाचनको कुरा गरिएकोछ  । अगाडि के हुन्थ्यो भने निर्वाचनमा जाने भएपछि त्यो कामचलाउ प्रधानमन्त्रीको रुपमा लिइन्थ्यो । अहिले प्रधानमन्त्री मन्त्रिमण्डल पुनरगठन गरिराख्नु भएको छ । निर्वाचन हारेका मान्छेलाई, निर्वाचनमा पराजित भएका मान्छेलाई ल्याएर मन्त्री बनाईराख्नु भएको छ । संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । अरु राजनीतिक दलले संविधान मानिदिनुपर्ने । प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको । उहाँले जे मनलाग्यो त्यही गर्ने ।’

यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा रहने आफ्नो योग्यता गुमाइसकेको समेत समेत सांसद रायमाझीले बताउनुभयो । संविधान अनुसार प्रधानमन्त्री रहन प्रतिनिधि सभाको सदस्य हनुपर्ने, बुहमत सांसदको समर्थन हुनुपर्ने र मानिसिक अवस्था ठीक भएको हुनुपर्ने रहेको तर अहिले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने की नमिल्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो ‘ एउटा प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ । प्रतिनिधि सभाको सदस्य हुनुपर्छ पहिलो योग्यता । दोस्रो बहुमत सदस्यहरुको सदस्य हुनुपर्छ । तेस्रो मानसिक सन्तुलन ठिक भएको हुनुपर्छ । अब अहिले प्रधानमन्त्री भन्ने की नभन्ने उहाँलाई । उहाँ यो मुलुकको प्रतिनिधि सभाको सदस्य हुनुहुन्न । बहुमत सदस्यहरुको समर्थन उहाँलाई देखिदैन । यो खालको संविधान मिचेर काम गर्ने प्रधानमन्त्रीलाई अर्को मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्री हुन पाउनेछैन भनेर हाम्रो संविधानमा भनेको छ । त्यसकारणले असंवैधानिक कार्य गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ की हुँदैन । मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्छ की मिल्दैन ।’

सांसद रायमाझीले सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको बदनाम गरेको समेत बताउनुभयो । प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘यो कदम असंवैधानिक हो । यो अत्यन्तै असंवैधानिक अलोकतान्त्रिक र हामीले भनेजस्तै अधिनायकबादको बाटोमा हिंडनको लागि यो सरकारले आफ्नो रेखा कोरिरहेको छ । राष्ट्रपतिले हरेक कागजमा सही गराउने । राष्ट्रपति नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हो, नेकपाको कार्यकर्ता हो ?

मुलुकलाई अहलेको अवस्थामा ल्याउन कम्युनिष्ट पार्टी जिम्मेवारी भएको समेत सांसद रायमाझीले बताउनुभयो । उहाँले प्रधानमन्त्रीले अदालतलाई प्रभावित गर्ने गरी बोल्दै हिंडेको समेत बताउनुभयो । परम्परालाई देखाएर प्रतिनिधि सभा विघटन गरिएको भन्दै सांसद रायमाझीले २ सय ३७ वर्षको परम्परालाई नै व्युताउन खोजिएको हो भन्दै प्रश्न समेत गर्नुभयो । प्रधानमन्त्री ओली कै कारण अहिले राजावादीहरु सलबलाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो परम्परा भनिदिने । हाम्रो परम्परा २ सय ३७ वर्षको परम्परा छ यो मुलुकमा । राजतन्त्रले सत्ता चलाएको । हामी त्यो परम्परा फेरी ल्याएर राख्ने । आज सडकमा राजाका कुराहरु उठिरहेका छन्  । यसलाई प्रोत्साहित गर्नेकाम कसले ग¥यो । हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।’

सांद रायमाझीले प्रधानमन्त्री ओलीलाई संविधान राम्रोसँग पढन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘यो संविधानको धारा ७६ मा राष्ट्रपतिलाई भनिएको छ र ८५ भनिएको छ कुनैपनि मध्यावधि निर्वाचनको लागि बैकल्पिक सरकार बन्न सक्दैन भने मात्र ती कुराहरुमा मध्यावधिमा जान सक्ने भनिएको छ । त्यसकारण यो संविधान पढ्नको लागि सम्माननिय अध्यक्ष ज्यूमार्फत प्रधानमन्त्रीसम्म पुगोस भन्ने आग्रह गर्न चाहन्छु ।’

सरकारले संमृद्धिको सपना देखाएको तर समृद्धिका लागि कुनै काम नगरेको पनि रायमाझीले बताउनुभयो । कोभिडमा भ्रष्ट्राचार भयो, गोकर्ण रिसोर्टको विषयमा ५० करोड रुपैयाँ बढी अनियमितता भयो तर कम्युनिष्ट नेताहरुले प्रश्न नउठाउँदा अहिलेको अवस्था आएको बताउनुभयो । कोभिडका कारण आक्रान्त भएका नागरिकको उपचार गर्न पैसा नहुने तर चुनाव गर्नका लागि अर्बौं रुपैयाँ कहाँबाट आउँछ भन्दै प्रश्न गर्नुभयो ।