७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

ट्रम्पले अन्ततः हार स्वीकारे, संसदद्वारा बाइडेन राष्ट्रपति भएको घोषणा

ट्रम्पले अन्ततः हार स्वीकारे, संसदद्वारा बाइडेन राष्ट्रपति भएको घोषणा
अ+ अ-

वासिङटनः लामो रस्साकस्सी र हिंसा पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरको चुनावमा आफू पराजित भएको स्वीकारेका छन् ।

अमेरिकी संसदको संयुक्त सदनले डेमोक्रेटिक उम्मेदवार जो बाइडेन ३०६–२३२ इलेक्टोरल मतका आधारमा विजयी भएको घोषणा गरेसँगै आफू सहज सत्ता हस्तान्तरणका लागि तयार रहेको बताउनु भएको छ ।

उपराष्ट्रपति माइक पेन्सले बाइडेनले ३०६ इलेक्टोरल मत ल्याएर राष्ट्रपतिमा विजयी हुनुभएको भन्दै इलेक्टोरल मतलाई प्रमाणीकरण गर्नु भएको थियो ।
अब बाइडेनले जनवरी २० मा औपचारिक समारोहका साथ राष्ट्रपति पदको सपथ लिनु हुनेछ ।

संसदको संयुक्त सदनको कारबाही बुधबार अपराह्न सकिनु पर्ने भएपनि ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरी संसदीय कारबाहीलाई अबरुद्ध पारेका थिए । तर साँझ पुनः शुरु भएको बैठकले बाइडेनको विजयी सुनिश्चित गरेको हो ।

अमेरिकी इतिहासमा पहिलो पटक भएको र लोकतन्त्रकै उपहास गरेको ठानिएको यस वर्षको राष्ट्रपति चुनावले विश्वभर नयाँ तरंग प्रवाह गरेको छ भने अमेरिकी समाज नै विभक्त भएको छ ।

राष्ट्रपति ट्रम्पका अराजक गतिविधि एवं चुनावमा धाँधली भयो भन्ने निरन्तरको आक्रोश बाइडेनको विजय भएको घोषणासँगै समाप्त भएको छ, तर लोकतन्त्रमाथि लागेको घाउ केही वर्षसम्म मत्थर हुने देखिन्न ।

अमेरिकी लोकतन्त्रलाई विश्वमै अनुकरणीय मान्ने गरिए पनि त्यो अवस्थामा ठूलो क्षति पुगेको छ । यसको घाउ निको बनाउन र मल्हमट्टी लगाउन कैयौं वर्ष लाग्नेछ ।