७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास : सचेतक भट्टराई

चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास : सचेतक भट्टराई
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताउनु भएको छ । 

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताउनुभयो । सरकारलाई काम गर्न नदिईएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिईको कारण राजनीतिलाई अस्थिरतातिर जान र धमेलिएको राजनीतिलाई सङग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको बताउनुभयो । 

संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘धमेलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो । प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो । धारा ७६ र ८५ मा व्यवस्था छ । संसद विघटन गरेर जनतामा जाने कुनैपनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ । यो नै लोकतन्त्रको मुल्य र मान्यता हो । ताजा जनादेशका लागि चुनावमा जानु नै आजको राजनीतिको सहि निकास हुन्छ । अरु कुनै विकल्पले मुलुकलाई अस्थिरता र द्धन्दतिर नै लैजान्छ । आजको राजनीतिको सहि समाधन निर्वाचनले नै दिन सक्छ । त्यसैले सबै चुनाव तिर ने केन्द्रीत हौँ ।’

प्रमुख सतेचक भट्टराईले सरकारले काम गरेन भनि जनतामा निराशा फैलाउने दुष्प्रचार गरिएको समेत बताउनुभयो । सरकारले थुप्रै काम गरेको र मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाएको उहाँको भनाई छ । संकट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडसेडिङ मुक्त गर्नु तथा संघीयतालाई मजबुद गर्नु लगायतका मुख्यकाम सरकारले गरेको बताउनुभयो । प्रधानमन्त्रीलाई संघीयता विरोधी करार गर्न खोजिएपनि संघीयताको संस्थागत विकासको निम्ति कानूनि प्रवन्ध, संरचनागत व्यवस्था, बजेट विनियोजन, कर्मचारी व्यवस्थापन, सुरक्षा अंगहरुको व्यवस्थापन गरी प्रधानमन्त्रीले संघीयतालाई मजबुद बनाउनुभएको उहाँले बताउनुभयो । सरकारले समाजिक सुरक्षा भत्ता, जनता आवास कार्यक्रम, सुकुम्बासी भूमिहीनलाई जमिनको मालिक बनाउने काम गरिएको, फुसको छानोलाई  बिस्थापित गर्ने काम शुरु गर्नु, प्रत्येक पालिकाहरुमा अस्पताल निर्माणको शिलान्यास गर्नु र सडक मानव मुक्त बनाउने काम गर्नुले समाजवाद तर्फको यात्रालाई इंकित गरेको उहाँको भनाई छ ।