७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

वैशाखमा चुनाव हुँदैन, प्रधानमन्त्रीले झुठो बोले : सांसद बिडारी

वैशाखमा चुनाव हुँदैन, प्रधानमन्त्रीले झुठो बोले : सांसद बिडारी
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बैशाखमा चुनाव नहुने बताउनुभएको छ । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने संसदको अधिकार भएकोले त्यससँग डराएर संसद विघटन गर्न नहुने बताउनुभयो ।

पार्टीले काम गर्न नदिए अध्यक्ष असफल भएको हुने र अविश्वास प्रस्ताव आउन लागे प्रधानमन्त्री असफल हुने भन्दै उहाँले सरकारलाई पार्टीले सहयोग गरेको भएपनि पार्टीको विवादमा प्रधामन्त्रीले संसद र व्यवस्था माथि प्रहार गरेको बताउनुभयो । वैशाखमा चुनाव नहुने भन्दै उहाँले प्रधानमन्त्रीले झुठो बोलेको साबित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीले काम गर्न दिएन भने पार्टीको अध्यक्ष असफल रहेछन् भन्ने जान्नुपर्यो । 

संसदले अविश्वास प्रस्ताव ल्याउने भयो भने प्रधानमन्त्री असफल भयो त । अविश्वास ल्याउने त संसदको अधिकार हो । ३ वर्ष बजेट पारित गरिदियो । कार्यनीति पारित गरिदियो । विधेयक पारित गरिदियो । विवाद पार्टीमा भयो । प्रहार संसदलाई गर्ने ? जनता र व्यवस्थाको विरुद्ध प्रहार गर्ने ? संविधानलाई शक्तिहिन बनाउन खोज्ने ? ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ? ५ वर्षमा हुने चुनावलाई अढाइ वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको सिद्धान्त हामिले अंगालेका छौ । यो देशको ठुलो संविधान हो । संवैधानिक सर्वोच्चता ठुलो हो । वैशाखमा चुनाव हुन्न । प्रधानमन्त्रीले फटाहा बोलेको हो भन्ने साबित हुन्छ ।’

सांसद बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञहरुसँग परामर्श गरी प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकको भरमा भंग गर्न नसकिने बनाइएको बताउनुभयो ।

सरकारको अलोकप्रियता बढ्दै गएकाले यो व्यवस्था, बहुदलीय प्रतिस्पर्धा हुने प्रणाली र आफ्नै पार्टीका विरुद्धमा संसद विघटनको घोषणा गरिएको उहाँको भनाई छ ।

राष्ट्रियता, संघीयता, एकता, तथा गणतन्त्रको प्रतिक राष्ट्रपतिलाई समेत संसारका अगाडी लज्जीत बनाउने दुष्कार्य गरिएको उहाँले बताउनुभयो । संसद विघटनले  राज्यको सबै संवैधानिक आयोगका पदाधिकारीलाई पनि विवादास्पद बनाउने काम भएको उहाँको भनाई छ ।