२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपाललाई आर्थिक रुपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनुभएको हो । त्यस्तै जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको शेयर दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउनसके रोजगारी सिर्जना हुने पनि बताउनुभयो । सांसद भण्डारीले विदेशमा रहेका युवाहरुको पैसा बैंकमार्फत ल्याएर जलस्रोत, पर्यटन, सडक तथा सुरुङमार्गमा शेयर दिनुपर्ने बताउनु भयो । उहाँले कुनै प्रकारको ऋण भने लिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मुलुक बनाउने के गर्नुप¥यो भने भारत र चीनको बीचमा रहेको नेपाल शिक्षा र स्वास्थ्यको हब गराउनुप¥यो । जलस्रोतमा लगानी गरेर सिमान्तकृत वर्गहरुलाई शेयर बनाउनुप¥यो । कृषिलाई बढावा दिनुप¥यो । र आइटीको हब बनाउने बित्तिकै यसले मुलुकमा रोजगारी पनि दिन्छ । देशको आम्दानी पनि बढ्छ । आयस्रोत कहाँबाट ल्याउँछौँ भन्दाखेरी अब ऋण नखोज्ने । विदेशमा रहेका युवा, युवतीहरुको पैसा एउटा बैंकबाट ल्याएर विकासमा लगाइदेउ । जलस्रोतमा, पर्यटनमा, सडकमा, सुरुङमार्गमा शेयर गरिदेउ । नाफा पनि हुन्छ । उनीहरु पनि नेपाल आउँछन् । हामीले कसैको ऋण लिनुपर्दैन ।’

त्यस्तै एक वर्षका लागि उद्योग खोल्न लगानीको आयस्रोत देखाउनु नपर्ने व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।