२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताउनुभएको हो । उहाँले यस समितिमा एमालेको भुमिकाप्रति आशंका गर्नेहरुले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरु सचेत रहेको बताउनु भयो । उहाँले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यो आरोप लगाउनेहरु नै सहकारी पीडितहरुलाई न्याय दिन चाहादैनन् । उनीहरु नै यो तिन महिनामा प्रतिवेदन ल्याउन दिँदैनन् । उनीहरु नै यो विशेष समितिलाई काम नगर्न सक्ने बनाउँछन् । किनकी तपाई हेर्दै जानुस्, हरेक दिन सहकारी पीडितहरु, सहकारी ठगहरु अरु कोही होइनन् आरोप लगाउनेहरु नै उहाँहरुकै दलका तार तारे झण्डा बोकेकै मान्छेहरु एक पछि अर्को भेट्न पाउनु हुनेछ । यो आरोप पनि त्यतैबाट आउने हो । म प्रष्टसँग भन्न चाहान्छु, कुनै दुविधा नपरोस्, विशेष संसदीय छानविन समिति बनेको छ । यो छानविन समितिले दुई, चारवटा सहकारीको मात्रै होइन, सिंगो देशभरीका सहकारीमा जहाँ जहाँ नागरिकहरुले दुःख पाएका छन्, वचतको अपचलन भएको छ, ठगी भएको छ, बद्मासी भएको छ, सार्वजनिक रुपमा जनताको गुनासो लिने र मसिनो छानविन गरेर दोषिहरुलाई आवश्यक कारबाहीको प्रक्रियामा सिफारिस गर्ने प्रक्रियामा यो समिति अब्बल हुन्छ । समितिमै बस्ने, समितिकै काम, प्रक्रियालाई अवरोध सिर्जना गर्नका लागि दुषित वक्तव्यबाजी गर्नेहरुबाट हामी सचेत छौँ । यो समितिले राम्रो काम गर्छ ।’

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरि तोकिएकै समयमा प्रतिवेदन पेश गर्ने बताउनु भयो ।




भर्खरै