२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ वातावरण दिवसः एउटा प्लाष्टिकको झोला नष्ट हुन १००० वर्ष लाग्ने



अ+ अ-

एजेन्सी । आज विश्व वातावरण दिवस हो । विकासको नाममा मानिसले जङ्गल काट्यो, खोला र समुद्रको पानी प्रदूषित गर्यो र हामीलाई नचाहिने कुरा थोकमा उत्पादन गर्यो ।

पाँच हजार अर्ब टनभन्दा बढी विषाक्त पदार्थ वातावरणमा निस्किएको छ र आज अवस्था यस्तो बनेको छ कि १२ हजारभन्दा बढी प्रजाति लोप भइसकेका छन् भने हजारौं लोप हुने अवस्थामा छन् ।

प्रकृतिको इकोसिस्टममा क्षति पुगेको छ । तापक्रम बढ्दै गएको छ, हिमनदी पग्लिरहेको छ ।

प्रकृतिमा अहिलेसम्म रेकर्ड गरिएका दश तातो दिनहरू सबै पछिल्लो दशकमा भएका छन् । २०२२ को गर्मीमा यो तापक्रमले विगत १२२ वर्षको सबै रेकर्ड तोडेको थियो । यति धेरै गर्मी यसअघि कहिल्यै भएको थिएन । तर त्यसपछि २०२३ आयो र यसले विगत २००० वर्षको गर्मीको रेकर्ड तोड्यो । यस वर्षको गर्मीले गत वर्षको कीर्तिमान तोडेको छ ।

सेन्टर फर ग्लोबल चेन्ज एण्ड अर्थ अब्जर्भेसनका अनुसार विश्वमा हरेक वर्ष ४००.३ मिलियन मेट्रिक टन प्लास्टिक उत्पादन हुन्छ ।

हामी हरेक वर्ष ३५३.३३ मिलियन मेट्रिक टन प्लास्टिक फोहोर उत्पादन गर्छौं । उत्पादन हुने प्लास्टिकको १५ प्रतिशत मात्रै रिसाइकल हुन्छ । बाँकी फोहोरको रूपमा वातावरणमा रहन्छ । प्लास्टिक सड्न एक हजार वर्ष लाग्छ ।

पानीको बोतल देखि चिप्स प्याकेट सम्म, हरेक बिहान टूथब्रस माझ्ने देखि राती सुत्ने सम्म, प्लास्टिक हाम्रो जीवनमा जताततै उपस्थित छ । हामी सोच्छौं कि प्लास्टिकले हाम्रो जीवन सजिलो बनायो, जबकि सत्य यो हो कि यो परमाणु बम पछि मानिसको सबैभन्दा खतरनाक आविष्कार हो ।

प्लास्टिकले प्रकृतिलाई मात्र नभई हाम्रो जीवनलाई पनि हानि पुर्याइरहेको छ । युनिभर्सिटी अफ न्यु मेक्सिकोको एक अध्ययन अनुसार प्लास्टिकले हाम्रो कलेजो, मृगौला र मस्तिष्कलाई नोक्सान पुर्याइरहेको छ ।

त्यसैले, सकेसम्म यसलाई आफ्नो दैनिक जीवनमा प्रयोग नगर्नुहोस् । विशेष गरी यस्तो प्लास्टिकको प्रयोगले गर्दा जुन प्रकृतिमा फोहोरको रूपमा रहिरहनेछ र जसलाई पुनः प्रयोग गरिने छैन ।

तरकारी बजार जाँदा प्लाष्टिकको झोला नलिनुहोस् । आफ्नो घरबाट लुगाको झोला लैजानुहोस् । सकेसम्म आफ्नो जीवनबाट प्लास्टिक घटाउनुहोस् ।