२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटले पछि पारे नेयमारलाई



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली विश्वभर सबैभन्दा धेरै फलोअर हुने खेलाडीमध्ये एक हुन् । यस वर्ष कोहली सर्च इन्जिन गुगलको पूरै २५ वर्षको इतिहासमा सबैभन्दा धेरै खोजिएका क्रिकेटरहरूको शीर्षमा छन् ।

कोहली बाहेक महान सचिन तेन्दुलकर, एमएस धोनी, रोहित शर्मा जस्ता खेलाडीहरु पनि सूचीमा परेका छन् ।

कोहलीको एक झलक पाउनका लागि फ्यानहरूले कुनै पनि सीमा पार गर्छन् । विराटको क्रेज दिनप्रतिदिन बढिरहेको छ । अब उनको लोकप्रियतामा नयाँ उपलब्धि थपिएको छ । फुटबल स्टार नेयमार जुनियरलाई पछि पार्दै विराट सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा दोस्रो सर्वाधिक फलो हुने खेलाडी बनेका छन् ।

भारतीय टोलीका स्टार विराट कोहलीले फुटबल स्टार नेयमार जुनियरलाई पछि पारेर ठूलो उपलब्धि हासिल गरेका छन् । हालको स्थिति अनुसार ३५ वर्षीय कोहलीको सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा ६३.५ मिलियन फलोअर्स छन् ।

यस अवधिमा उनले ६३.४ मिलियन फलोअर भएका ब्राजिलियन अन्तर्राष्ट्रिय फुटबल नेयमारलाई पछि पारे भने रोनाल्डो १११.१४ करोड फलोअर्सका साथ शीर्ष स्थानमा छन् ।